क्लासिक लिजेन्डको उपमा पाएको जावा मोटरसाइकल जावा ४२ भारतीय बजारमा आजदेखि हस्तान्तरण सुरु गरेको छ । ५ महिना अगाडी भारतीय बजारमा र्साजनिक भएको बाइक हस्तान्तरण सुरु भएको हो । भारतीय अटो टाइकुन आनन्द महिन्द्रको स्वामित्वमा आएसँगै कम्पनीले पुनः बजारमा प्रवेश गरेसँगै यसको डिमान्ड उच्च देखिएको छ । कम्पनीले बुकिङ लिएको बाइक हस्तान्तरण स्वरुप आज एउटा बाइक हस्तान्तरण गरेको छ ।
रेट्रो–लुक्समा बजारमा आएका यो बाइक क्लासिक मोडल हो।
अहिले भारतीय बजारमा रहेको क्लासिक बाइक मध्ये यो सस्तो बाइक हो । यसको मूल्य १ लाख ५५ हजार भारतीय रुपैयाँ रहेको छ । जावा फोर्टी–टुमा उपलब्ध भएका पाँच फिचरहरू यस प्रकार रहेको छ ।
डिजाइन तथा स्टाइलिङ्ग
जावा फोर्टी–टुले ब्रान्डको आधुनिक प्रतिनिधित्व गरेको छ । जसमा ठूलो फ्यूल–ट्याङ्की, क्रोम–बेजेलको साथमा राउन्ड हेडल्याम्प, बार इन्ड मिररको साथै ब्ल्याक आउट ह्यान्डलबार, फ्ल्याट बेन्च–सिट, ब्ल्याक आउट प्यानलजस्ता फिचरहरू उपलब्ध रहेका छन् ।
आर्कषक फ्रन्ट दिइएको यस बाइकको फ्यूल–ट्याङ्की र मडगार्डमा क्लासिक गोल्ड पिन्स्ट्रिप्स गरिएको छ भने, साथमा क्रोम बिटहरू पनि राखिएको छ । यस बाइकमा सिगर शेप्ड ट्वीन क्रोम एक्हस्ट पाइपसमेत पनि उपलब्ध छ । कम्पनीले यो बाइकलाई ६ कलर अस्पसनमा बजारमा उतारेको छ ।
फिचर तथा टेक्नोलोजी
जावा–४२ मा इन्स्ट्रुमेन्ट क्लस्टर, ओडोमिटरका लागि डिजिटल रिड(आउट, लिक्विड कुलिङ्ग टेक्नोलोजी, रेडिएटर, फ्यूल इन्जेक्शन, क्याटालिक कन्भर्टरजस्ता मोर्डन फिचरहरू दिइएको छ । साथै, यसमा हलोजेन हेडल्याम्प, टेलल्याम्प र बेल्ली–प्यान पनि दिइएको छ ।
इन्जिन तथा ट्रान्समिसन
जावा फोर्टी–टूमा २९३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसमा लगाइएको डीओएचसी इन्जिनले २७ बीएचपी पावर र २८ एनएम–टर्क जेनेरेट गर्छ । यसमा सिक्स–स्पीड ट्रान्समिसन जडान गरिएको छ । यस बाइकमा सिङ्गल च्यानल एबीएस सिस्टम दिइएको छ । यो इन्जिन इन्डिया तथा इटालीमा डिजाइन र विकास गरिएको हो ।
डाइमेन्सन तथा तौल
जावा फोर्टी–टुमा १३६९ एमएमको ह्वीलवेश रहेको छ भने उचाई ७६५ एमएम रहेको छ । कम्पनीकाअनुसार यस बाइकको तौल १७० केजी, फ्यूल–ट्याङ्क क्षमता १४ लिटर रहेको छ ।
ह्वील, सस्पेन्सन तथा ब्रेक
फोर्टी–टु बाइकमा पछाडि १८ इन्चको ह्वील दिइएको छ । त्यस्तै, अगाडिको ह्वील १७ इन्चको रहेको छ । बाइकमा फ्लोटिङ्ग क्यालिपरसँगै २८० एमएम डिस्क–ब्रेक र १५३ एमएम ड्रम–ब्रेक दिइएको छ ।

