‘जीप क्याम्प’मा अफरोडको अनुभव लिन सकिने, हेर्नुस् १० तस्विरमा

काठमाडौं । नेपालका लागि जीपको आधिकारीक वितरक एमएडब्लु लाइफले जीपको कम्पास ट्रायलहकको क्यापाविलीटी ड्राइभ आयोजना गरेको छ । आजबाट सुरु भएको यो कार्यक्रम नेसनल ट्रेडिङ सिंहदरबारमा चार दिनसम्म चल्ने छ ।

जीप कम्पासकाे एक्पिरीयन्स गराउने उद्देश्यका साथ जीपका गाडीहरुको आफैले ड्राइभ गरेर विभिन्न खालका अफरोड बाटाहरुमा परिक्षण गर्न सकिनेछ ।

यस इभेन्टमा जीपका गाडीहरुमा रहेको सम्पूर्ण विषेशताहरु परिक्षण गर्न मिल्नेगरि विभिन्नखालका बाटोहरु डिजाइन गरिएको छ ।

जीपको ४वाइ४ ड्राइभिङ्ग क्षमताको आफैले चलाएर अनुभव गरिसकेपछि यो एसयूभी नेपालको सम्पूर्ण अफरोड बाटाहरुमा सजिलै चलाउन सकिन्छ भन्ने विश्वास हुनेछ ।

कम्पास ट्रायलहकलाई कम्पास लाइनअपकै सबैभन्दा शक्तिशाली र क्षमतावान एसयूभी मानिन्छ । नाडामा सार्वजनिक भएको जीप कम्पास ट्रायलहक ‘अफरोड फोकस्ड’ एसयूभी हो । जसमा जीपले पहिलो पटक अटोमेटिक ट्रास्मीसनमा समेत उपलब्द गराएकाे छ । टाढाबाट हेर्दा अन्य कम्पास जस्तो देखिए पनि यसको पर्फमेन्स भने फरक रहेको छ ।


Back_to_top