जीपको एक्सचेन्ज क्याम्पः एक दिनमै कर्जा पाइने, ३०% डाउन पेमेन्ट

काठमाडौं । नेपालको लागि जीपको आधिकारीक विक्रेता एमएडब्लू लाइफले पुरानो गाडीलाई एक्सचेन्ज गरेर २०२२ जीप कम्पास खरिद गर्न चाहने ग्राहकलाई नयाँ स्कीम ल्याएको छ ।

कम्पनीले ल्याएको स्कीममा जीपसँग एक्सचेन्ज गर्ने ग्राहकले अधिकतम ७० प्रतिशतसम्म फाइनास सुविधा र १२ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । जीपले मात्र २४ घन्टामा लोन स्विकृत गरी ग्राहकलाई गाडी डेलिभरी दिने जनाएको छ ।

आज माघ २६ गतेबाट देशव्यापी रुपमा जीपले एक्सचेन्ज इभेन्ट, ‘अपग्रेड योर एड्भेन्चर’ स्कीम सुरु गरेको हो ।

यो एक्सचेन्ज इभेन्टमा ग्राहकले आफ्नो जुनसुकै ब्रान्डको पुरानो गाडीको बजारमा सबैभन्दा उच्च मूल्य पाउनुका साथै स्पट फाइनान्सिङको सुविधा पाउनेछन् । साथै, ग्राहकले एक वर्षका लागि निःशुल्क इन्स्योरेन्स, एक वर्षका लागि निःशुल्क सडक कर र एसेसोरिज पाउनेछन् ।
यसै वर्षको सुरुमा जीपको नयाँ कम्पास सार्वजनिक भएसँगै प्रिमियम एसयूभी सेग्मेन्टमा कम्पासले निकै राम्रो विक्री पाइरहेको छ । जीप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडेल एस गरी चार ट्रिममा उपलब्ध छ । कम्पासको मूल्य ८७ लाख ९० हजारदेखि एक करोड ३९ लाख ९० हजार रुपैयाँसम्म छ ।

नयाँ कम्पास १.४ लिटरको पेट्रोल र २.० लिटरको डिजेल इन्जिनमा उपलब्ध छ । पेट्रोल इन्जिनले १६३ एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्छ भने डिजेल इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । जिपको लेजेन्डरी ४ बाई ४ सिस्टम भने डिजेल भेरियन्टमा उपलब्ध छ जसमा अटो, स्नो, स्यान्ड र मड गरी चार मोड उपलब्ध छ ।

एमएडब्लू लाइफले नेपाल बजारमा कम्पासबाहेक र्‍याङगलर, र्‍याङगलर अनलिमिटेड, ग्रान्ड चेरोकी र ग्लेडियटर उपलब्ध गराउँदै आएको छ ।


Back_to_top