काठमाडौं । हिरो एक्सपल्स २०० फोर भी नेपाल आएको छ । नेपाल जनरल मार्केटिङ प्रालिले एक्सपल्स २०० को फोर भी मोडल नेपाल ल्याएको हो । अहिले यो मोटरसाइकल काठमाडौं असपासको क्षेत्रमा परिक्षण भइरहेको छ ।
हिरो एक्सपल्स २०० फोर भी ग्वार्कोमा देखिएको थियो । कम्पनीका अनुसार यो मोटरसाइकल नेपालको विभिन्न स्थानमा परिक्षणपछि मात्रै विक्री सुरु हुनेछ ।
कम्पनीले अंग्रेजी नयाँ वर्षमा नै नेपलामा सार्वजनिक गर्ने तयारी गरेको एक्सपल्स २०० फोर भी कोभिड १९ को कारण सार्वजनिक हुन सकेन । भारतमा नै उच्च माग भएकका कारण कम्पनीले यसको बुकिङ नै एक महिनाका लागि रोकेको थियो ।
अहिले परिक्षण भइरहेको एक्सपल्स २०० फोर भी नेपाली नयाँ नयाँ वर्षको अवशर पारेर बजारमा ल्याउने अनुमान गरिएको छ ।
कस्तो छ मोटरसाइकल
एक्सपल्स २०० फोर भी भन्ने वित्तिकै मोटरसाइकलमा प्रयोग भएको सिलिण्डरमा ४ वटा भल्भको प्रयोग भएको बुझ्न सकिन्छ । यसको मतलव रेगुलर मोडलको तुलनामा थप रिफाइन्ड इन्जिन यसमा प्रयोग भएको छ भन्ने हो । नयाँ फोर भी मोडलले पहिलेको भन्दा १.०२ पीएस पावर र ०.९ एनएम टर्क बढी प्रदान गर्छ ।
एक्सपल्स २०० फोर भीमा २०० सीसी लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १९.१ पीएस पावर र १७.३५ एनएम टर्क प्रदान गर्छ । हिरोले यसमा ७ फिन आयल कुलरको प्रयोग गरेको छ, अब पहिले जस्तो इन्जिन तात्ने समस्या पूर्णरुपमा समाधान भएको कम्पनीको दावी छ ।
रेगुलर मोडलको तुलनामा फोर भी निकै आरामदायी बनेको दावी हिरोले गरेको छ । यसको सिट हाइट २ एमएमले बढाइएको छ । साथै, सिटलाई पनि मोडिफाई गरिएको छ ।
हिरोले एक्सपल्समा दिइएको स्टार्ट र किल स्वीचलाई अपग्रेड गरेको छ । साथै, रेगुलर मोडलको तुलनामा धेरै प्रकाश दिने एलइडी हेडलाइट दिएको कम्पनीले जनाएको छ । नयाँ हेडलाइट सेटअपले रातिको समयमा यात्रा गर्नेलाई प्रयाप्त प्रकाश दिनेछ । साथै, व्लुटथ कनेक्टीभीटी र टर्न वाई टर्न नेभिगेशन फिचर पनि थप भएको छ ।
यसका अलावा अन्य कुरामा धेरै परिमार्जन भएको छैन । एक्सपल्स २०० मा दिएको अगाडि २१ र पछाडि १८ इन्चको रिम ह्वीललाई फोर भीमा पनि निरन्तरता दिएको छ । कम्पनीले सस्पेन्सनमा पनि परिवर्तन गरेको छैन । अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध रहेको छ । साथै, मोटरसाइकलमा अगाडि २७६ एमएम र पछाडि २२० एमएम डिस्क ब्रेकलाई निरन्तरता दिइएको छ ।
एक्सपल्स २०० अहिले नेपालमा ४ लाख ३ हजार मूल्य तोकेर विक्री हुँदै आएको छ । यस्तोमा फोर भीको मूल्य ४ लाख ५० हजारदेखि ४ लाख ८५ हजार रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।


