काठमाडौं । टाटा मोटर्सले इलेक्ट्रीक भेहिकलको विकासमा नयाँ कम्पनी नै खडा गरेर काम अगाडि बढाएको छ । टाटाले गत डिसेम्बर २०२१ मा ७ अर्ब भारतीय रुपैयाँ लगानीमा नयाँ कम्पनी ‘टाटा प्यासेन्जर इलेक्ट्रीक मोवीलीटी लिमिटेड’ दर्ता गरेको थियो ।
कम्पनीले सन् २०२६ सम्ममा १० वटा पूर्ण इलेक्ट्रीक भेहिकल बजारमा ल्याउने योजना अगाडि सारेको छ । त्यसको लागि ३ नयाँ इभी प्लेटफर्म विकास गर्ने योजना अगाडि ल्याएको हो । कम्पनीले कन्भर्टेड इन्टरनल कम्बस्चन इन्जिन प्लेटफर्म, सिग्मा इभी प्लेटफर्म र अन्त्यमा स्केडबोर्ड प्लेटफर्म बनाउने योजना सार्वजनिक गरेको हो ।
पहिलो चरणमा कम्पनीले भइरहेका इन्टरनल कम्बस्चन प्लेटफर्मलाई इभीमा परिमार्जन गर्ने काम पुरा गरिसकेको छ । यसको सफल उदाहरण नेक्सन इभी र टिगोर इभी हो । कम्पनीले यसमा इन्जिनको ठाँउलाई मोडिफाई गरेर इलेक्ट्रीक मोटर र व्याट्री प्याक स्थानान्तरण गरेको हो ।
आईसीलाई इभीमा कन्र्भट गर्न एकदमै सजिलो भएपनि केही लिमिटेसन रहेको थियो । यो स्टक्चरमा व्याट्री राख्न सानो ठाँउ हुने हुन्छ । जसको कारण कम्पनीले रेन्ज बढाउन सकेको छैन ।
धेरै रेन्जको लागि टाटा मोटर्सले नयाँ सिग्मा आर्किटेक्चरको विकास गरिरहेको छ । यो प्लेटफर्म कम्पनीको अल्फा आर्किटेक्चरमा आधारित रहने छ । इभीको लागि व्यापक परिमार्जन गरेर यसलाई तयार गर्नेछ ।
सिग्मा आधारित रहेर बन्ने इभी लाइट, इनर्जी इफिसेन्सी र आईसी इन्जिनबाट परिमार्जनको तुलनामा धेरै स्पेश हुन्छ । टाटा मोटर्सको चर्चामा रहेको नयाँ इभी सिरीया यही सिग्मा प्लेटफर्ममा बन्ने अनुमान गरिएको छ ।
तेस्रो चरणमा टाटा मोटर्सले नयाँ स्केटबोर्ड प्योर इभी प्लेटफर्म बनाउनेछ । यो प्लेटफर्म सिग्मा जस्तो आईसी इन्जिनको प्लेटफर्ममा आधारित नभई बिल्कुलै नयाँ इभी प्ल्याटफर्म हुनेछ । यसमा बन्ने इलेक्ट्रीक कार तौल र स्थानको हिसावले उत्कृष्ट हुनेछन् ।


