काठमाडौं । अमेरिकी सवारी निर्माता कम्पनी जीपको मेरिडियन नेपाल आइपुगेको छ । जीप ब्राण्डका लागि नेपालको आधिकारिक बिक्रेता लाइफ अटोमोबाइल्स प्रालिले यो एसयूभी नेपाल ल्याएको हो ।
नेपाल आएको जीप मेरिडियनमा २.० लिटर मल्टिजेट डिजेल इन्जिन दिइएको छ । यसले १७० पिएस पावर र ३५० एनएम टर्क प्रदान गर्छ । यसमा ९ स्पीड अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ । यसमा फोर ह्विल ड्राइभ अप्सन दिइएको छ ।
जीपको ७ सिट क्षमताको यो एसयूभीको उच्च गति क्षमता निकै राम्रो छ । १९८ किलोमिटर प्रति घण्टाको उच्च गतिमा गुडाउन सकिने मेरिडियनमा २०३ एमएम ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
यो एसयूभीको इन्टेरियर निकै आकर्षक देखिन्छ । यसमा १०.१ इन्चको फराकिलो इन्फोटेन्मेन्ट सिस्टमको साथमा १०.२ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, भेन्टिलेटेड फ्रन्ट सिट, डुअल प्यानल सनरुफ, वायरलेस चार्जिङ, ३६० डिग्री भ्यु क्यामेरा, इलेक्ट्रिकल्ली एडजस्ट गर्न मिल्ने सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल लगायतका सुविधा उपलब्ध छन् ।
जीप मेरिडियनमा सुरक्षाको लागि एबिएस, टायरको प्रेसर ठिक भए नभएको जाँच गर्ने प्रविधि, इलेक्ट्रोनिक पार्किङ ब्रेक, इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल, ६ वटा एयरब्याग पाउन सकिन्छ ।
लाइफ अटोमोवाइलले मेरिडियनको एउटा मात्रै भेरियन्ट लिमिटेड (अप्सनल) उपलब्ध गराएको छ । यसको मूल्य १ करोड ८० लाख ९० हजार तोकिएको छ ।


