जिप र्‍याङलर पहिलोपटक प्लग–इन हाइब्रिडमा आउने

अमेरिकी गाडी कम्पनी जिपले र्‍याङलर मोडल वातावरणमैत्री अवतारमा ल्याउने भएको छ ।  जिपले आफ्नो चर्चित एसयूभी  र्‍याङलर पहिलो पटक हाइब्रिड भर्सनमा सडकमा ल्याउने भएको छ । 

विश्वभर वातावरणमैत्री सवारी उत्पादनलाई प्राथमिकता दिइ रहेका बेला जिपले पनि यस्तो निर्णय गरेको हो । कम्पनीले २०२० सम्ममा  र्‍याङलर हाइब्रिड बजारमा ल्याइसक्ने योजना बनाएको छ । युरोपेली बजारलाई लक्षित गरि उक्त  र्‍याङलर हाइब्रिड ल्याउने लागेको हो । 

र्‍याङलर हाइब्रिड मोडलमा आउँदा यसका उपभोक्ता खुसी हुने अपेक्षा कम्पनीले गरेको छ । जिपले हाइब्रिड  र्‍याङलरको ब्ल्याक बडीमा केही परिमार्जन हुने अनुमान गरिएको छ । हाइब्रिड भर्सनमा हुने ठूलो परिवर्तन यसैलाई मानिएको छ ।

जिपले हाइब्रिड  र्‍याङलरमा हुने पावरलगायतको विषयमा केही सार्वजनिक गरेको छैन । तर पनि  र्‍याङलरको अहिलेको मोडलमा रहेको ३.६ लिटर भी६ इन्जिन सहरकै हाइब्रिड आउने अनुमान गरिएको छ । 

जिपले पीएचइभी (प्लग–इन हाइब्रिड इलेक्ट्रीक भेइकल) कन्सेप्टमा  र्‍याङलर हाइब्रिड बनाउन लागेको हो । इलेक्ट्रीफाइड हाइब्रिड  र्‍याङलर टू डोर वा फोर डोर कुनमा ल्याउने भन्ने खुलाइएको छैन । 


Back_to_top