रेनोले ल्याउँदै नयाँ एमपीभी, जुलाईमा सार्वजनिक हुने

रेनोले आगामी  जुलाईमा आरबीसी एमपीभी सार्वजनिक गर्ने तयारी गरेको छ । रेनोले २०१९ र २०२० मा दुईवटा नयाँ मोडल भारतीय बजारमा सार्वजनिक गर्ने जानकारी यसअघि नै दिएको थियो । जसमध्ये, एक मोडल आरबीसीलाई २०१९ को जुलाईमा र अर्काे मोडल आगामी फेब्रुवरीमा  बजारमा उतार्ने अनुमान गरिएको छ । 

आरबीसीमा स्टाइलीस हेडल्याम्पको प्रयोग गरेको देखिएको छ भने, एलइडी डीआरएलएस वाइड भी सेप अपर ग्रिल, क्रोभ ट्रिमयुक्त बम्पर, वाइड लोअर ग्रिल  र स्क्वायरस फगल्याम्प लगाइएको छ । आरबीसी रेनो क्वीडको जस्तै सीएमएफ–ए आर्किटेक्चरमा निर्माण भएको छ । कम्पनीले यसलाई ७ सिटर बनाउने निर्णय गरेको छ । 

आरबीसीमा १.० लिटर एससिइ थ्री सिलिन्डर टर्बाेचार्ज्ड पेट्रोल इन्जिन लगाइएको छ । रेनो क्विड र ड्याट््शन रेडिगोमा समेत सोही इन्जिन दिइएको छ । यसको इन्जिनमा ५ स्पीड म्यानुयल ट्रान्समिसनका साथै ५ स्पीड अटोमेटिक ट्रान्समिसनको विशेषता दिइएको छ । यसको मूल्य करिब ४ लाख ५० हजार भारतीय रुपैयाँबाट सुरुहुने अनुमान गरिएको छ । 


Back_to_top