अब लाईसेन्स २४ घन्टा भित्रै, चार लाखलाई कहिले ?

काठमाडौं । लामो समयदेखि लाईसेन्स वितरणलाई प्रभावकारी बनाउन नसकिरहेको यातायात ल्यवस्था विभागले आवस्यकताका आधारमा २४ घन्टा भित्रै लाइसेन्स उपलब्ध गराउने भएको छ । 

विभागले आत्यावस्यक अवस्थामा सम्बन्धीत निकायको स्विकृत लिएर आउने सेना, प्रहरी, सशस्त्र प्रहरी र विदेशजान भिसा लागिसकेका मानिसको हकमा ट्रायल पासगरेको २४ घन्टा भित्रै लाईसेन्स उपलब्ध गराउने जनाएको हो ।

यसअघि अत्यावस्यक सेवाको लागि १० दिनसम्म लाग्ने गरेकोमा अव यसलाई अझै चुस्त बनाउन र सेवाग्राहीको गुनासो सम्बोधन गर्न विभागले यस्तो निर्णय गरेको जनाएको छ । विभागले हिजो सोमबार एक सुचना निकालेर उक्त कुराको जानकारी गराएको हो । 

देशभर ट्रायल पासगरेर बसेका ४ लाखभन्दा बढीले अझै लाईसेन्स पाउन नसकिरहेको अवस्थामा विभागले अत्यावस्यक सेवाको लागि २४ घन्टा भित्र सेवा दिने जनाएको हो । विभागले मास प्रिन्टर आयातसँगै समस्या समाधान हुने जनाएको छ । 


Back_to_top