काठमाडौं । टीभीएसको स्कुटर तथा मोटरसाइकल बिक्रेता कम्पनी जगदम्बा मोटर्सले नयाँ वर्ष २०७६ लाई लक्षित गर्दै ग्राहकलाई नयाँ अफर दिएको छ । कम्पनीले नयाँ ग्राहकलाई लक्षित गर्दै हरेक मोटरसाइकल तथा स्कुटर खरिद गर्दा स्योर सट अफरमार्फत अधिकतम सात हजार रुपैयाँसम्म छुट दिने भएको हो ।
नेपाली बजारमा टीभीएसले आकर्षक मोटरसाइकल तथा स्कुटरको बिक्रवितरण गर्दै आएको छ । एनटर्क, जुपिटर क्लासिक, जेस्ट, ड्याज, एक्स-१००, जुपिटर २ एक्स र विगो आरइएफ एबीएस नामका स्कुटर बिक्री गर्दै आएको छ ।
कम्पनीले बिक्री वितरण गर्दै आएको अपाची आर आर-३१०, अपाची आरटीआर-२०० भी टु, आरटीआर-२००, आरटीआर-१८०, आरटीआर-१६० फोर-भी, आरटीआर-१६० लगायतका ११ वटा भिन्न मोडलका मोटरसाइकलको बिक्री गर्दै आएको छ । कम्पनीले यी सबै मोडलमा उक्त अफर प्रदान गर्ने जानकारी दिएको छ ।

