पावरफुल मोटरमा कामाको इलेक्ट्रीक पीकअप, मूल्य २६ लाखभन्दा कम

काठमाडौं । मेगा बिजनेस ग्रुपले इलेक्ट्रीक लाइट कमर्शियल पीकअप बेच्ने भएको छ । कम्पनीले चीनमा निर्माण भएको कामा ब्राण्डको इडब्लु-१ ईभी पीकअप बिक्री सुरु गरेको हो ।

सहरी क्षेत्रमा विभिन्न सामानहरु ढुवानीका लागि उपयुक्त कामा ईभीको पेलोड क्यापासिटी १५०० केजी रहेको छ । यसमा रहेको १० फिट लामो कार्गो बेडमा यथेस्ट सामानहरु ढुवानी गर्न सकिन्छ ।

कम्पनीले कामा पीकअपमा ७० किलोवाटको इलेक्ट्रीक मोटर र ३८.६४ किलोवाट अवारको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ । कम्पनीका अनुसार यस पीकअपले एक पटकको फुल चार्जमा २६० किलोमिटरको रेन्ज दिन्छ ।

मेगा बिजनेश ग्रुपले पीकअपमा ५ वर्ष वा १ लाख किलोमिटरसम्म ब्याट्रीमा वारेन्टी दिएको छ । अगाडि चालक र अर्को एकजना यात्रु बस्न मिल्ने क्याविन भएको पीकअपकोे मूल्य २५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

सहरी क्षेत्रमा खाद्यान्न तथा ग्यास, पानी, सागशब्जी लगायतका सामान ढुवानीको लागि यो उपयुक्त पीकअप हुनेछ ।


Back_to_top