काठमाडौं । बिर्तामोड-इलाम-फिदिम-ताप्लेजुङ रुटमा कामाको विद्युतीय माइक्रोबस संचालन हुने भएको छ ।
मेगा मोटर्सको आधिकारिक डिलर विराट अटो ट्रेडिङले उक्त रुटमा संचालन गर्न ५ युनिट विद्युतीय भ्यान हस्तान्तरण गरेको हो । मेगा मोटर्स नेपालका लागि कामाको आधिकारिक बिक्रेता हो ।
कामाका विद्युतीय भ्यानले यात्रुहरूलाई स्वच्छ, शान्त र किफायती यात्राको सुविधा प्रदान गर्ने कम्पनीको भनाइ छ । साथै, इन्धनमा निर्भरता घटाउने र वायु प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान र्पुयाउने अपेक्षा गरिएको छ ।
७० किलोवाटको मोटर रहेको कामा ईएसपी ७ भ्यानमा ५३.५६ किलोवाट आवरको ब्याट्री छ । यसले एकपटकको फूलचार्जमा ३५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
सरह तथा गाउँ दुवैका लागि उपयोगी यस भ्यानको गाउण्ड क्लियरेन्स १८० एमएम छ ।

