काठमाडौं । अफरोड सेग्मेन्टमा नयाँ नयाँ मोडल आउने क्रम जारी नै छ । यसैक्रममा कावासाकीले भारतमा २३० सीसी सेग्मेन्टमा नयाँ अफरोड मोटरसाइकल ल्याउने तयारी थालेको हो ।
भारतीय सडकमा परीक्षणको क्रममा देखिएको कावासाकी अफरोड मोडल २०० सीसी सेग्मेन्टका अफरोड मोटरसाइलसँग प्रतिस्पर्धा गर्नेगरी आउन लागेको हो ।
कावासाकी केलएलएक्स २३० आर यसअघि नै भारतमा बिक्री हुँदै आएको थियो । यसअघि अफरोडका लागि मात्र बिक्री भइरहेको केएलएक्स २३० आरसँगै अब ‘केएलएक्स २३० एस रोड लिगल मोटरसाइकल’को रुपमा आउने भएको हो ।
यो मोटरसाइकलले हिरो एक्सपल्स २०० फोर र आउँदै गरेको नयाँ एक्सपल्स २१० फोर भीसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
डुअल स्पोर्टस् सेग्मेन्टमा आउने केएलएक्स २३० एसमा अन्डरसिट एक्जष्ट, स्पोक ह्वील, डूअल पर्पस टायर, रेज फ्रन्ट फेन्डर तथा सिंगल पिट सिट उपलब्ध छ ।
यो मोटरसाइकलमा ३७ एमएम लामो ट्राभल सस्पेन्सन उपलब्ध छ । रियरमा भने एड्जष्टेवल स्पिङ प्रि लोड सस्पेन्सन पाउन सकिन्छ । यसको फ्रन्टमा २१ इन्च तथा रियरमा १८ इन्चको टायर छ ।
यसमा दुबै ह्रवीलमा डिस्क ब्रेकका साथ डूअल च्यानल एबीएस उपलब्ध छ । यो मोटरसाइकलमा २३९ एमएम ग्राउन्ड क्लियरेन्सका साथै ८४३ एमएम अग्लो सिट हाइट छ ।
यो मोटरसाइकलमा २३३ सीसी सिंगल सिलिन्डर एसओएसचसी, एयर कुल्ड इन्जिन दिनेछ । उक्त इन्जिनले २० हर्सपावर तथा २० एनएम टर्क जेनेरेट गर्छ ।
कम्पनीले यसअघि भारतमा दुई मोडलका मोटरसाइकल उत्पादन सुरु गरेको छ भने केएलएक्स २३० एसको समेत भारतमा नै उत्पादन गर्ने हो भने यसको मूल्य सस्तो हुनेछ ।