कावासाकीको सस्तो रेट्रो मोटरसाइकल सार्वजनिक हुँदै, यस्ता छन् फिचर

काठमाडौं । कावासाकीको रेट्रो डिजाइन मोटरसाइकल भारतीय बजारमा सार्वजनिक हुने भएको छ । कम्पनीले भारतमा नै उत्पादन गरेको कावासाकी डब्ल्यू १७५ को ब्रर्सर सार्वजनिक भएको हो ।

कम्पनीको सबैभन्दा कम मूल्यको हुने अनुमान गरिएको यो मोटरसाइकलको मूल्य १ लाख ५० हजार भारतीय रुपैयाँ हुने अनुमान रहेको छ ।

लामो समयदेखि सार्वजनिक गर्ने तयारीमा रहेको मोटरसाइकल कम्पनीले हालसम्म सार्वजनिक गरेको छैन् । कावासाकी डब्ल्यू १७५ भारतको विभिन्न स्थानमा परिक्षणको क्रममा धेरै पटक देखिएको थियो । यो मोटरसाइकल कम्पनीले भारतमा नै उत्पादन गरेको हो ।

कावासाकीले दुई वा दुईभन्दा धेरै सिलिन्डर भएका मोटरसाइकलमा मात्र उत्पादन गर्दै आएको छ । कावासाकी डब्ल्यु १७५ मा सिंगल सिलिन्डरको प्रयोग गरेको छ । यसअघि बजाजसँगको सहकार्यमा कावासाकीले बक्सरलाई सिंगल सिलिन्डर इन्जिनमा ल्याएको थियो भने अहिले कावासाकी बक्सरको उत्पादन बन्द भइसकेको छ ।

कावासाकीको सार्वजनिक भएको ब्रसरका अनुसार डब्ल्यू १७५ मा १७७ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड, ४ स्ट्रोक एफआई इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा अधिकतम १३ बीएच पावर तथा ६००० आरपीएममा अधिकतम १३.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ । कम्पनीले यो मोटरसाइकललाई मात्र १३५ केजी तौलमा तयार पारेको छ । यो रेट्रो बाइक सेग्मेन्टमा नै सबैभन्दा कम तौल भएको मोटरसाइकल रहेको छ ।

यो मोटरसाइकलको फ्रन्टमा ११० एमएम ट्राभल टेलिस्कोपिक सस्पेन्सन तथा रियरमा डबल सक एव्जर्भर दिइएको छ । यसमा फ्रन्टमा डबल पिस्टन क्यालिपर डिस्क ब्रेक तथा रियरमा ड्रम ब्रेक पाउन सकिन्छ ।

अबको केही समयमा नै कम्पनील कावासाकी डब्ल्यू १७५ सार्वजनिक गर्ने अनुमान गरिएको छ ।


Back_to_top