मोटडरहेड तथा टारोका मोटरसाइकलमा एकैपटक दुई अफर

काठमाडौं । मोटरहेड तथा टारो मोटरसाइकल ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एसजी ग्रुप अन्तर्गतको एसएलआर टेक्नो एण्ड ट्रेड तथा ओम मोटोकर्पले एक्सचेन्ज क्याम्प संचालनमा ल्याएको छ ।
यी दुई कम्पनीले केही दिन अधिदेखि मल्टीब्राण्ड सोरुमा संचालनमा ल्याएको छ ।

आज देखि सुरु भएको यो एक्सचेन्ज क्याम्प भाद्र ३१ गते सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । यो एक्सचेन्ज क्याम्प अन्तर्गत कुनै पनि ब्राण्डको जस्तो सुकै मोटरसाइकलसँग मोटरहेड तथा टारोको नयाँ मोटरसाइकल एक्सचेन्ज गर्न सकिने छ । एक्सचेन्जमा जस्तो सुबै अवस्थाको मोटरसाइकल वा स्कुटरको मूल्याङ्कन कम्तिमा २५ हजार गरिने कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले २० हजार रुपैयाँ थप मूल्याङ्कन दिने कम्पनीले बताएको छ ।

यस योजना अन्तर्गत २ जना भाग्यशाली विजेताले फुल इन्स्योरेन्स जित्न सक्नेछन् । यो अफर काठमाडौं उपत्यका भित्र धोविघाट, बालाजु, सल्लाघारी, चावहिल, नक्साल र टेकु गरी ६ वटा शोरुममा लागू हुनेछ ।

यस्तो छ मोटरहेडको फेस्टिभ स्कीम

यो याजना अन्तर्गत ग्राहकले हरेक मोटरहेड मोटरसाइकलको खरिदमा स्क्रयाचमार्फत हात खालि नजाने गरि ७ हजार ९०० रुपैयाँदेखि १ लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्नेछन् । यसका अलावा टेकन २५० को पुरानोे भर्सन किन्न चाहाने ग्राहकले नगद २५ हजार रुपैयाँ छु्ट रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै यो योजनाभर सहभागी मध्य एकजना भाग्यशालि विजेताले लक्की ड्रमार्फत १ लाख रुपैयाँ जित्नेछन् ।

त्यस्तै मोटरहेडको शोरुम भिजिट गरेर ग्राहकले टेष्ट राइड तथा फोटो खिचाएर आर्कषक प्राप्त गर्नेछन् । यो योजना मोटरहेडको नेपालभर रहेको शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यस्तो छ टारोको फेस्टिभ स्कीम

यो योजनामा ग्राहकले टारो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा ३० हजार रुपैयाँसम्म नगद छुट तथा विभिन्न बम्पर पुरस्कार जित्न सक्नेछन् ।

ओम मोटोकर्पले विक्री गर्ने मोटरसाइकल जीपी२ २००, जीपी १ २५० र जीपी १ ४०० मा नगद ३० हजार रुपैयाँ छुट तथा स्कुटर इमोला १५० मा १५ हजार नगद छुट दिने भएको हो । यसका साथै ग्राहकले यो योजनामा सहभागी १ जना भाग्यशाली बिजेताले ५ वर्षको कर छुट प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै यो योजनामा ग्राहकले टेष्ट राइड गरेर हात खाली नजाने पुरस्कार उपलब्ध गराउने कम्पनीले जनाएको छ ।


Back_to_top