२०० किमि रेन्ज भएको इलेक्ट्रीक स्पोर्टस् बाइक ‘एफ-७७’

काठमाडौं । अल्ट्राभाइलेट अटोमोटीभ कम्पनीले ‘एफ-७७’ इलेक्ट्रीक स्पोर्टस् बाइकको चाँडै विक्री सुरु गर्ने भएको छ । कम्पनीले यसको लगभग तयार मोडल अगस्ट १५ तारिखमा भारतमा देखाएको थियो ।

कम्पनीले यसलाई भारतीय बायुसेना र उड्यान क्षेत्रसँग सम्बन्धीत मानिसहरुको बीचमा टेष्ट ड्राइभ क्याम्पसमेत संचालन गरेको थियो । टेष्ट ड्राइभ नै आयोजना भएकोले यो नयाँ इलेक्ट्रीक स्पोर्टस् बाइक चाँडै बजारमा आउने अपेक्षा गरिएको छ ।

कम्पनीले यसको पब्लिक टेष्ट ड्राइभ भारतमा चाँडै सुरु गर्ने तयारी गरिरहेको छ । यसमा २५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको कम्पनीले जनाएको छ । यो भनेको यसको अधिकतम पावर ३४ पीएस पावर हो । यसको टर्क भने ९० एनएम रहेको छ ।

कम्पनीले यसमा उपलब्ध ब्याट्री साइजको विषयमा कुनै जानकारी दिएको छैन । तथापि, एक पटकको फुल चार्जमा यसलाई २०० किलोमिटर चलाउन सकिने कम्पनीको दावी छ । यो मोटरसाइकलको टप स्पीड १४७ किलोमिटर प्रतिघन्टा रहेको छ ।


Back_to_top