कियाको सबैभन्दा सस्तो कार पिकान्टोको फेसलिफ्ट तयार

काठमाडौं । किया मोटर्सको सबैभन्दा कम मूल्यको कार पिकान्टोको फेसलिफ्ट मोडलको तस्विर बाहिर आएको छ । कम्पनीले सन् २०१७ मा बजारमा लाएको थर्ड जेनेरेशन मोडलको तीन वर्षपछि फेसलिफ्ट मोडल ल्याउन लागेको हो ।

कियाले आफ्नो पिकान्टोलाई हुन्डाई ग्राण्ड आई १० मा आधारित रहेर उत्पादन गरिरहेको छ । सार्वजनिक भएको तस्बिरको अनुसार नयाँ पिकान्टोमा धेरै फिचरहरुमा परिमार्जन गरिएको छ । यसको अगाडि भागमा सबैभन्दा धेरै परिमार्जन देख्न सकिन्छ । यस रहेको हेडल्याम्पलाई परिमार्जन गरिएको छ । यसमा कियाको चर्चित टाइगर नोज ग्रिल दिइएको छ ।

यसको अगाडि दिएको एयर ट्याङ्क, फग लाइटले पहिलेभन्दा निकै आकर्षक देखिएको छ । साथै नयाँ पिकान्टोमा अधिकांश लाइट एलइडी दिइएको छ । पछाडिको पार्टसमा पनि परिमार्जन गरिएको छ । जसले कारलाई पहिलेभन्दा धेरै स्पोर्टी बनाएको छ ।

कियाले यसमा १.० लिटर टर्बोचार्ज्ड इन्जिन दिने जनाएको छ । उक्त नयाँ इन्जिनले अधिकतम ९९ हर्स पावर प्रदान गर्ने जनाएको छ । साथै यसमा १.० लिटर थ्रि सिलिण्डर इन्जिन उपलब्ध रहने छ । उक्त इन्जिनले ६७ हर्स पावर प्रदान गर्नेछ ।

नेपालमा पनि कियाको पिकान्टो इन्टर कन्टिनेन्टल्स प्रालि बिक्री गर्दै आएको थियो । तर, पछिल्लो समय यसको बिक्री नेपालमा भइरहेको छैन । फेसलिफ्ट मोडलको सार्वजनिकसँगै नेपालमा यो आउन सक्नेछ ।


Back_to_top