५० किलोवाट क्षमताको मोटरमा कियाको इलेक्ट्रीक ह्याचव्याक ‘रे’

काठमाडौं । कोरियन ब्राण्ड कियाले आफ्नो सफल ह्याचव्याक कार ‘रे’को नयाँ जेनेरेशन मोडल सार्वजनिक गरेको छ । सन् २०११ मा पहिलो पटक सार्वजनिक भएको सानो ह्याचव्याक अहिलेसम्म कोरियन बजारमा मात्रै विक्री हुँदै आएको थियो ।

विगतमा पेट्रोल इन्जिनमा मात्रै उपलब्ध रे अब इलेक्ट्रीकमा पनि आउने भएको छ । कम्पनीले नयाँ रे ह्याचव्याक कार सार्वजनिक गर्दै इलेक्ट्रीक पावरको विषयमा पनि जानकारी दिएको हो ।

नयाँ रेमा १६.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ । उक्त व्याट्रीलाई फुल चार्ज गर्दा १३८ किलोमिटर गुडाउन सकिने एनइडीसीले प्रमाणित गरेको छ । कम्पनीले यसमा ५० किलोवाटको मोटर दिएको छ । यो पूर्णत सहर लक्षित कार हो ।

कियाको नयाँ डिजाइन फिलोसोपीमा आधारित रेमा धेरै फिचर हुन्डाई क्यास्पर माइक्रो एसयूभीबाट लिइएको छ । कम्पनीले यसको फ्रन्ट फेसिकामा ब्यापक परिवर्तन गरेको छ । अहिले सार्वजनिक भएको तस्विरमा देखिएको फेसिका ईभी मोडलको हो ।

किया रेको लम्बाई ३५९५ एमएम, चौडाई १५९५ एमएम र उचाई १७०० एमएम रहेको छ । साइजको हिसावले मारुती सुजुकी वागेनआर बराबर रहेको छ ।

टलह्याच डिजाइनमा बनेको रेमा नयाँ हेडल्याम्प, एलइडी लाइट, बोल्ड ग्रिल र बम्पर जस्ता फिचरले यसलाई निकै मोर्डन देखाएको छ । कियाले यसमा १.० लिटर एमपीआई इन्जिन दिइएको छ ।


Back_to_top