टेस्लाको मोडल ‘वाई’मा बीवाइडीको ब्लेड ब्याट्री

काठमाडौं । टेस्लाले बीवाइडीको ब्लेड ब्याट्री प्रयोग गर्ने समाचार यसअघि नै आएको थियो । धेरै मिडिया रिपोर्टले टेस्लाको चिनियाँ प्लन्टबाट उत्पादन हुने करिब २ लाख ८० हजार यूनिट कारमा ब्लेड ब्याट्री प्रयोग हुने दावी गरेका थिए ।

तर, हालै सार्वजनिक भएको रिपोर्ट मुताविक टेस्लाको सबैभन्दा नयाँ जर्मनीको बर्लिनमा रहेको प्लान्टबाट उत्पादन हुने गाडीमा ब्लेड ब्याट्री प्रयोग हुन लागेको हो । जर्मन प्लान्टमा टेस्लाले सुरुमा मोडल ‘वाई’ उत्पादन गर्ने छ । यसको मतलव बीवाइडी ब्लेड ब्याट्री टेस्लाको मोडल वाईमा प्रयोग हुनेछ ।

टेस्लाको मोडल वाई एसयूभी हो । टेस्लाले ब्लेड ब्याट्रीको प्रयोग एसयूभीबाट गर्ने भएको हो । यो कुराको पुष्टि एक अन्तर्वार्तामा बीवाइडीका भाइस प्रेसिडेन्ट र अटोमोटीभ इन्जिनियरिङ रिसर्च इन्स्ट्रीच्यूटका निर्देशक लियन यूवोले गरेको थिए ।

बीवाइडीले ब्याट्री सप्लाई गर्न थालेको बर्लिन प्लान्टको क्षमता वार्षिक २ लाख ५० हजार यूनिटको छ । यो प्लान्टबाट टेस्ला मोडल वाई मात्रै उत्पादन हुन्छ ।

टेस्लाको सबैभन्दा ठूलो प्लान्ट भने चीनमा रहेको छ । चिनियाँ प्लान्टको वार्षिक उत्पादन क्षमता ७ लाख ५० हजार यूनिट रहेको छ । चीनमा भने टेस्लाले ७० प्रतिशत ब्याट्री सीएटीएल र ३० प्रतिशत ब्याट्री एलजीसँग खरिद गर्दै आएको छ । चीनमा कम्पनीले मोडल थ्री र मोडल वाई उत्पादन गर्दै आएको छ ।


Back_to_top