कियाले अमेरिकी स्पेक सेल्टोसको अल ह्वील ड्राइभ अप्सनलाई अमेरिकाको लस एन्जलस अटो शो २०१९ मा सार्वजनिक गरेको छ । कम्पनीले सेल्टोसको बिक्री नेपाली बजारमा पनि आगामी महिनाबाट सुरु गर्ने भएको छ ।
किया सेल्टोसलाई कम्पनीले विश्वबजारमा स्पोटार्जभन्दा तलको एसयूभीको रुपमा उतारेको हो ।
तर, कम्पनीले लस एन्जलसमा ल्याएको अल ह्वील ड्राइभ अप्सनको एसयूभीमा फरक इन्जिन दिएको छ । कम्पनीले यसमा २.० लिटर पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले १४६ हर्स पावर पावर दिन्छ भने १.६ टर्बो पेट्रोल इन्जिनले १७६ हर्स पाबर दिने कम्पनीले जनाएको छ ।

तर, नेपाली बजारमा आउन लागेको सेल्टोस भने १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा आउने छ ।
कम्पनीले यसमा यूभीओ कनेक्ट सिस्टम दिएको छ भने १०.२५ इन्चको टचस्कृन दिइएको छ । कम्पनीले फुलसाइज एसयूभीमा हुने सबै सुरक्षा फिचर प्रदान गरेको कम्पनीले व्लाइन्ड स्पार्ट मोनिटरिङ, ड्राइभर एटेन्सन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, हाइवे फ्लो एसिस्ट, क्रुजकन्ट्रोल जस्ता फिचर उपलब्ध रहेको छ ।
नेपाल आउँदै
किया मोटर्सका लागि नेपालको आधिकारीक बितरक कन्टीनेन्टल ट्रेडिङले सेल्टोसलाई विभिन्न ५ भेरियन्टमा नेपाल ल्याउन लागेको हो । कम्पनीले सेल्टोसको सुरुवाति मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकेको छ भने टप भेरियन्टको एचटीएक्स प्लसको मूल्य ६६ लाख ९० हजार तोकेको छ ।



