४०० किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुद्ने एस्पार्क आउल

दुबई मोटर शोमा संसारकै तिव्र रफ्तारको इलेक्ट्रीक हाइपर कार एस्र्पाक आउल प्रदर्शन गरिएको छ । एस्पार्क आउलले १.६९ सेकेन्डमा ० देखि ९० किलोमिटरको रफ्तार पकड्ने निर्माता कम्पनी एस्पार्कको दाबी छ । 

कम्पनीले सन् २०१७ मा कारको प्रोटोटाइप प्रदर्शन गरेको थियो । ५० युनिट मात्रै निर्माण हुने यो कारको मूल्य २५ लाख डलर तोकिएको छ ।

एस्पार्क आउलमा ६४ किलोवाटको लिथियम आयन ब्याट्री लगाइएको छ । यसले एक पटकको फुल चार्जमा ४५० किलोमिटर रेन्ज प्रदान गर्छ । यसको टप स्पीड क्षमता प्रतिघन्टा ४०० किलोमिटर रहेको कम्पनीले दाबी गरेको छ । 

कम्पनीको दाबीलाई मान्ने हो भने यस हाइपर कारले जर्मनीको चर्चित रेस ट्राकमा वल्र्ड रेकर्ड कायम गर्ने छ ।

फ्युचरिष्टिक डिजाइनमा निर्माण भएको आउल कार्बन फाइबर प्यानलबाट बनेको हो । यसको नेट तौल १९०० किलोग्राम रहेको छ । डबल मोटरमा उपलब्ध हुने एस्पार्क आउल अल ह्वील ड्राइभ कार हो । 

कम्पनीका अनुसार यसको लम्बाई ४८०० एमएम, उचाई ९९० एमएम र चौडाई १९०० एमएम रहेको छ । 


Back_to_top