चर्चित कम्पनीका ३ प्रिमियम मोटरसाइकल नेपालमा बिक्री सुरु हुँदै

काठमाडौं । नेपाली अटो बजारमा नयाँ मोडलका बाइक भित्रिरहेका छन् । एकपछि अर्को गर्दै विश्व बजारमा उत्पादन भएका मोटरसाइकल नेपाली बजारमा आइरहेका हुन् । सानो बजारका बाबजुद यहाँ करिब ३० भन्दा बढी ब्राण्डका मोटरसाइकल बिक्री भइरहेका छन् । 

सानो मानिएको नेपाली अटो बजार विस्तारै प्रतिस्पर्धी बन्दै गएको छ । यसैबीच दुई महिना भित्र नेपाल आउने तयारी भइरहेका मोटरसाइकल यस प्रकार रहेका छन् । 

रोयल इन्फिल्ड जिटी ६५०

आधुनिक प्रविधिसँगै आकर्षक विशेषता समेटिएको रोयल इनफिल्डको यो मोडल नेपाल आइसकेको भएपनि आधिकारीक सार्वजनिक भएको छैन । यो मोटरसाइकल युवापुस्ताको विशेष रोजाइमा पर्ने कम्पनीको दाबी छ । यो मोटरसाइकल ओरेन्ज क्रुश, मार्क थ्रि ब्लाक, सिल्भर स्पेक्चर, र्याभिसिंग रेड, ह्वाइट र रेड तथा ग्लिटर र जस्ट क्रोम जस्ता कलर अप्शनमा उपलब्ध छ । यसको नेपाली बजारमा मूल्य १२ लाख ५० हजार पर्ने अनुमान गरिएको छ । 

यसमा उपलब्ध ६४९ सीसी प्यारालल ट्वाइन एयर ओयल कुल्ड  इन्जिनले ४७ बीएचपी पावरका साथै ५२ एनएम–टर्क उत्पादन गर्छ  । यसको इन्जिनमा ६–स्पीड म्यानूयल गियरबक्स लगाइएको छ । सुरक्षाका लागि बाइकमा एबीएस सिस्टम दिइएको छ । डबल च्यानल स्टान्डर्ड एबीएसको बिशेषतासंगै फ्रन्टमा ४१ मिमि टेलिस्कोपिक फर्क र रियरमा सक याबजब्र्स लगाइएइको छ ।

बाइकको ह्यान्डल, सिटर तथा ट्याङ्कको डिजाइन अलगढङ्गबाट गरिएको छ । इन्सेप्टर ६५० मा १३.७ लिटर ट्याङ्की लगाइएको छ । नेपाली बजारमा यसको मूल्य १२ लाख ५० हजार पर्ने अनुमान गरिएको छ । 

हस्कभर्ना स्भर्टपेलेन ४०१

हस्क भर्नाको आधिकारिक बितरक पन्चकन्या अटोमोबाइल ग्रुपले नयाँ मोटरसाइकल हस्कभर्ना स्भर्टपेलेन ४०१ ल्याउने तयारी गरिरहेको छ । 

केही महिनापछि नेपाल आउने यो मोटरसाइकल केटीएम ड्यूक ३९० मा आधारित रहेको छ । यो बाइकमा ३७३ सीसी डिओएचसी सिंगल सिलिन्डर इन्जिन लगाइएको छ । उक्त इन्जिनमा ६ स्पीड गियरबक्स जोडिएको छ । 

मोटरसाइकलमा आकर्षक ह्यान्डलबार, ठूलो साइजको फ्युल ट्यांकी जोडिएको छ भने डबल च्यानल एबीएसको विशेषता भएको यस मोटरसाइकलमा फ्रन्टमा एलसीडी लाइट, लार्ज साइजको स्पीड इन्डीकेटर लगायतका विभिन्न विशेषता दिइएको छ । यसको मूल्यको बारेमा भने कम्पनीले कुनै जानकारी गराएको छैन ।

हार्लेका दुई बाइक

आइएमई मोटर्सले विश्वमै महंगो मानिने हार्ले ब्रान्डका कम मूल्यका दुई मोटरसाइकल नेपाल ल्याउने तयारीलाई अन्तिम चरमा पुर्याएको छ । कम्पनीले हार्लेको स्ट्रीट ७५० र स्ट्रिट रड ७५० बाइक नेपाली बजारमा भित्रिने भएको छ । 

कम्पनीले नेपाल भित्र्याउन लागेको स्ट्रीट ७५० को मूल्य २५ लाख रुपैयाँ र स्ट्रीट रडको मूल्य २७ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

स्ट्रीट ७५० मा ७४९ सीसीको लिक्विड कुल्ड भी–ट्विन इन्जिन छ, जसले ५८ एचपी पावर र ५९ एनएम टर्क जेनेरेट गर्छ । यसमा मिकुनी सिंगल पोर्ट फ्युल इन्जेक्सन सिष्टम छ । यसको ह्विलबेस १,५२० एमएम छ भने १३.१ लिटरको इन्धन ट्यांकी छ । यसको ग्राउन्ड क्लियरेन्स १४५ एमएम छ ।

स्ट्रीट रड ७५० मासमेत ७४९ सीसीको लिक्विड कुल्ड भी–ट्विन इन्जिन छ, जसले ६२ एनएम टर्क जेनेरेट गर्छ । यसमा मिकुनी ट्विन पोर्ट फ्युल इन्जेक्सन सिष्टम छ । यसको ह्विलबेस १,५१० एमएम छ भने यसमा पनि १३।१ लिटरको इन्धन ट्यांकी छ । यसको ग्राउन्ड क्लियरेन्स २०५ एमएम छ ।


Back_to_top