फक्सवागेन टाइगुन ११ दिनपछि विक्री सुरु हुँदै, नेपालमा कति पर्ला मूल्य

काठमाडौं । जर्मन अटोमोवाइल जायन्ट फक्सवागनले आफ्नो पहिलो भारतीय मिडसाइज एसयूभी टाइगुन भारतीय बजारमा ११ दिनपछि अगस्ट १८ मा सार्वजनिक गर्दैछ ।

भारतमा निर्मित पहिलो एसयूभीको रुपमा विक्री सुरु हुन लागेको टाइगुन आकर्षक डिजाइन र आधुनिक फिचरले भरिपूर्ण हुने अनुमान गरिएको छ ।

फक्सवागेन नेपाली बजारमा पनि चिनाइ रहनु पर्ने ब्राण्ड होइन । नेपाली बजारमा फक्सवागेनका कार तथा एसयूभीहरु धेरै पहिलादेखि गुढिरहेका छन् । ह्याचव्याक तथा सेडानमा राम्रो बजार हिस्सा रहेता पनि नेपाली बजारमा एसयूभी सेग्मेन्टमा मूल्यको कारण प्रतिस्पर्धी हुन सकेको थिएन ।

फक्सवागनको नयाँ एमक्यूबी एओआइएन प्ल्याटफर्ममा आधारीत हुने छ । हुनत यहि प्ल्याटफर्ममा बनेको स्कोडाको कुशक नेपालमा विक्री सुरु भइसकेको छ । फक्सवागेनको नयाँ एसयूभीको केही विशेषताका बारेमा यहाँ चर्चा गरिएको छ ।

कुशक भन्दा फरक डिजाइन

एउटै प्लाटफर्ममा बनेको भएता पनि यो एसयूभी स्कोडा कुशकमा भन्दा धेरै फरक हुनेछ । यसमा सिंगल पिसको हेडलाईट, टुस्ल्याट क्रोम ग्रिल तथा लोअर बम्परमा प्रयोग भएको क्रोमले यसलाई कन्टेम्प्रोररी यूरोपियन डिजायन ल्याङ्वेजको फिल दिएको छ ।

त्यस्तै यसको वारपारसम्म फैलिएको टेललाइट क्लष्टर तथा रियर बम्परमा दिएको क्रोम एसेन्ट, ड्यूल टोन अलोय ह्वीलले यसलाई कुशकबाट धेरै भिन्न देखाएको छ ।

यसको इन्टेरियरमा पनि केही फरक देखाउने प्रयास गरिएको छ । यसको ड्यासबोडमा राखिएको इन्फोटेन्मेन्ट सिस्टमका साथै एसी भेन्टले यसलाई आकर्षक बनाएको छ । जसका कारण यो एसयूभी पूर्णत यूरोपियन एसयूभीको झलक दिन सक्षम भएको छ ।

फिचर लोडेट हुने

एप्पल कार प्ले तथा एन्ड्ररोइड अटो, माई फक्सवागेन कनेक्ट एपसहितको १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम, डिजिल इन्ट्रुमेन्ट क्लष्टर सहितको भिजुअल ककपिट यसमा रहने छ । अटोमेटिक क्लाइमेट कन्ट्रोल, यूएसवी टाइप सिपोर्ट, वायरलेस चार्जिङ प्याड, भेन्टीलेटेड सिट जस्ता धेरै विशेषता यसमा पाउन सकिन्छ ।

टाइगुन सेफ्टीको मामलामा समेत उत्कृष्ट रहने छ । यसमा ६ वटा एयरव्याग, इएससी, टायर प्रेसर डिफ्लेसन वर्निङ तथा आइएसओफिक्स चाइल्ड सिट माउन्ट रहनेछ ।

दुई इन्जिन अप्सन

फक्सवागेनले टाइगुनमा टिएसआई फेमेलीको दुई फरक क्षमताको पेट्रोल इन्जिन प्रयोग गर्ने छ । यसमा रहेको १.० लिटर थ्रि सिलिण्डर टर्बो इन्जिनले ११५ एचपी पावर तथा १७५ एनएम टर्क जेनेरेट गर्ने छ । त्यस्तै, अर्को १.५ लिटर फोर सिलिण्डर टर्बो इन्जिन रहेको छ । यसले १५० एचपी पावर तथा २५० एनएम टर्क उत्पादन गर्ने छ । दुबै इन्जिनमा सीक्स स्पीड म्यानुयल गियरबक्स उपलब्ध रहने छ ।

त्यस्तै अटोमेटीकमा १.० टीएसआई इन्जिनमा ६ स्पीड टर्क कन्भर्टर तथा १.५ टीएसआई इीन्जनमा ७ स्पीड डीसीटी अटोमेटिक गियरबक्स रहनेछ । नेपाली बजारमा भने सुरुमा १.० लिटर इन्जिनमा मात्रै उपलब्ध रहने छ ।

डायमेन्सन

फक्सवागेनको टाइगुन तथा स्कोडा कुशकको वाहिरी आवरण तथा बनावट समान किसिमको देखिन्छ । यसको लम्बाई ४ हजार २२५ एमएम चौडाइ १ हजार ७६० एमएम तथा उचाई १ हजार ६१२ एमएमको रहेको छ । यो कार कियाको सेल्टोस, निसान किक्स भन्दा केही सानो आकारको देखिन्छ ।

त्यस्तै नेपाली बजारमा अत्याधिक सफल हुन्डाईको क्रेटाको समानान्तर साइजको देखिने छ । ग्राउण्ड क्लियरेन्सको मामलामा पनि यो एसयूभी सेल्टोस र क्रेटा जतिकै रहने छ । तर, यसको ह्वीलवेस भने कियाको सेल्टोस तथा हुन्डाईको क्रेटा भन्दा ४१ एमएमले लामो रहेको छ ।

पावर तथा मूल्यमा पनि प्रतिस्पर्धा

१.० लिटर थ्रि सिलिण्डर इन्जिन भएपनि टर्बो भएका कारण यसले क्रेटा र सेल्टोसको जतिकै समान ११५ पीएस पावर तथा डस्टर र किक्स भन्दा धेरै पावर प्रदान गर्नेछ ।

सानो इन्जिन भएको कारण यसको माइलेज सेग्मेन्टमै धेरै आउने अनुमान गर्न सकिन्छ । मूल्यमा समेत चल्तीका मिडसाइज एसयूभीमा प्रतिस्पर्धी हुने अनुमान गरिएको छ । यसको सिधा प्रतिस्पर्धा हुन्डाइको क्रेटा, किया सेल्टोस, निसान किक्सका साथै रेनोको डस्टरसँग हुनेछ ।

नेपाली बजारमा अहिलेसम्म १.० लिटर टर्बो इन्जिन त्यति सफल देखिदैन । यस्तोमा यसलाई बजारमा स्थापित गर्न र ग्राहक कन्भिन्स गर्न भने केही थप मिहिनेत गर्नु पर्ने देखिन्छ । संभवत यसको मूल्य ५२ लाख रुपैयाँबाट नेपालमा सुरु हुनेछ ।


Back_to_top