दुई भारतीय कम्पनीले अर्को हप्ता इलेक्ट्रीक स्कुटर बजारमा आउँदै, रेञ्ज २४० किमि

काठमाडौं । भारतीय बजारमा अगष्ट १५ मा दुई नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । राइड सियरिङ प्लेटफर्म ओला र सिंपल इनर्जीले इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको हो ।

सिंपल इनर्जीले सिंपल वान इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको हो । कम्पनीले पहिलो चरणमा भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, राजस्थान, गुजरात, पंजाव, कर्नाटका, तमिलनाडु, आंध्र प्रदेश, तेलंगना, केरला, महाराष्ट्र र गोवामा एकसाथ सार्वजनिक गर्ने भएको हो ।

तमिलनाडुको होसुरमा रहेको सिंपल इनर्जीको प्लान्टबाट वार्षिक १० लाख यूनिट इलेक्ट्रीक स्कुटर उत्पादन गर्ने क्षमता रहेको छ । सिंपल इनर्जीले सार्वजनिक गर्ने सिंपल वान हाइ रेन्जका इलेक्ट्रीक रहेको छ । यो स्कुटर एक पटकको फुल चार्जमा २४० किलोमिटर रेन्ज दिने कम्पनीको दावी रहेको छ ।

सिंपल वानको १०३ किलोमिटर टप स्पीड रहेको छ । कम्पनीका अनुसार सिंपल वान ३.६ सेकेन्डमा ०-५० किलोमिटर प्रतिघन्टको स्पीडमा कुद्न सक्छ । यो स्कुटरमा ४.८ किलोवाटको लिथिएम आयमेन व्याट्री प्याक रहेको छ । यसले ९.४ हर्सपावर तथा ७२ एनएम टर्क जेनेरेट गर्छ ।

अगष्ट १५ मा सार्वजनिक हुने यो स्कुटर सोही दिनदेखि बुकिङ खुल्ला हुने जनाइएको छ । यो स्कुटरको मूल्यको बारेमा कम्पनीले आधिकारी केही जनाकारी दिएको छैन । यो स्कुटरको मूल्य १ लाख १० हजारदेखि १ लाख २० हजार हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top