काठमाडौं । हिरो मोटोकर्प इन्डियाले १६० सेग्मेन्टमा एक्स्ट्रीम १६० आरको फोर भी मोडलको बिक्री सुरु गरेको छ । नेपालमा भने यो मोडल तत्काल आउने वा नआउने एकिन भएको छैन ।
हिरोको आधिकारीक बितरक रहेको नेपाल जनरल माकेर्टिङ (एनजीएम) सँग हिरो मोटोकर्पले डिलरसिप खोस्ने निर्ण गरेसँगै यसको मुद्दा अहिले अदालतमा छ । त्यसैले एक्स्ट्रीम १६० फोर भी कहिले नेपाल आउँछ वा आउँदैन भन्ने विषयमा सहज उत्तर दिन सक्ने अवस्थामा कोही पनि छैनन् ।
यसअघिको हिरो एक्स्ट्रीम १६० आर टूभी भर्सन भने पालमा बिक्री भएको थियो । तर, सेग्मेन्टमा रहेका अन्य मोडल अपाचे आरटीआर १६० फोर भी, बजाज पल्सर एनएस १६०, यामाहा एफजेड भी थ्री जस्ता मोडलको सफलता देखिँदा एक्स्ट्रीम १६० आरले खासै उत्साह ल्याउन सकेको थिएन ।
अहिले भारतमा यसको रिभ्यू रिपोर्टहरु बाहिर आएका छन् । विभिन्न मिडिया रिपोर्टलाई आधार मानेर यसका सबल पक्ष र कमजोरीलाई हामीलाई यहाँ प्रस्तुत गरिएको छ । साथै १६० सीसीमा तपाई नयाँ मोटरसाइकल किन्दै हुनुहुन्छ भने यसलाई कुर्ने कि नकुर्ने भन्ने निर्यण लिन पनि यसले सहयोग पुग्ने छ ।
सबल पक्ष
हिरोले एक्स्ट्रीम १६० आर फोभीमा १६३.२ सीसी क्षमताको सिंगल सिलिन्डर, फोर भल्भ, हेड र आयल कुल्ड इन्जिन दिइएको छ । यसले पहिलेको भन्दा १.७ पीएस पावर र ०.६ एनएन टर्क बढाएको छ । यसको अधिकतम पावर ८५०० आरपीएममा १६.९ पीएस रहेको छ ।

यसको पावरमा बढोत्तरीसँगै एक्सलरेसन पनि राम्रो भएको कम्पनीको दावी छ । हिरो मोटोकर्पको दावी अनुसार सेग्मेन्टमै सबैभन्दा छिटो ०-६० किलोमिटर प्रतिघण्टाको स्पीड यसले भेट्टाउने छ ।
इन्जिनको रिफाइनसँगै यसको पफर्मेन्नस पनि सुधार भएको छ । टु भल्ब भर्सनले सिटी राइड गर्दा तेस्रो गियरमा र फोर भी भर्सनले पाँचौ गियरमा राइड गर्दा उस्तै गति दिन्छ । २० किलोमिटर प्रतिघण्टा गतिमा हुँदापनि फोर भीले पाँचौ गियरमा नै सहज गुडाउन सकिन्छ ।
कम्पनीले यसको माइलेज पनि सुधार भएको दावी गरेको छ । यसले एक लिटर पेट्रोलमा ४५ किलोमिटर माथि माइलेज दिन्छ ।
यसलाई थप युवामैत्री बनाउन कम्पनीले सीट र फ्यूल ट्याङ्क परिवर्तन गरेको छ । यसले खुट्टाको ग्रीप अझै राम्रो भएको छ ।
नयाँ युएसडी फर्क, उत्कृष्ट सीट पोजिसन र स्पोर्टी ह्यान्डलबारले चालकलाई घुमाउरा बाटोमा चलाउन सहज बनाउने छ । साथै, लामो यात्रामा यसलाई लिएर जान पनि सकिन्छ । यसमा प्रयोग भएको फोर्क र मोनोशकले अफरोड सडकमा समेत जर्क फिल गराउँदैन ।
अझै केही कमजोरी बाँकी
हिरो मोटोकर्पले एक्स्ट्रीम १६० आर फोर भीमा स्मार्ट सुविधाहरु दिएको छ । नेभिगेशन, सुरक्षा फिचर र टेलीमेट्रीक सुविधा जस्ता स्मार्ट सुविधा मोवाइल एपमा मात्रै प्रयोग गर्न सकिन्छ । यसको इन्ट्रुमेन्ट कन्सोलमा यी फिचर चलाउन पाइन्न ।
पावर र डिजाइनको बेजोड कम्बीनेशनका बाबजुद ड्यूल च्यानल एबीएसको खाँचो चलाउने क्रममा चालकले गर्ने छन् । यसमा कम्पनीले सिंगल च्यानल एबीएस मात्रै दिएको छ । (विभिन्न एजेन्सीको सहयोगमा)

