बेनिलीको डिलर छाडेर युनिटी ट्रेडिङले भित्र्यायो जापानी इलेक्ट्रीक स्कुटर

काठमाडौं । नेपालका लागि बेनेलीको डिलर युनिटी ट्रेडिङले डिलरशिप छाडेर इलेक्ट्रीक स्कुटर नेपाल भित्र्याएको छ । कम्पनीले जापानी कम्पनी कोमाकी इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक गरेको हो ।

कोमाकी इलेक्ट्रीक जापानी ब्राण्डको स्कुटर हो भने भारतमा यसको उत्पादन हुँदै आएको छ । युनिटी ट्रेडिङले २ मोडलका स्कुटरको विक्री सुरू गरेको छ ।

‘अहिले हामीले स्पोर्टी लुक भएको र रेट्रो डिजाइन भएको दुई मोडलका स्कुटर विक्री सुरू गरेका छौं, कम्पनीको मेनेजर उमेश अधिकारीले मेरो अटोसँग भने, ‘कोमाकीका स्कुटरहरू स्मार्ट, धेरै रेन्ज दिने, आरमदायी तथा आर्कषक डिजाइनका रहेका छन् ।’

कम्पनीले नेपाल भित्र्याएको रेट्रो डिजाइन स्कुटर कोमाकी भेनिसमा र कोमाकी एसईमा ३ किलोवाटको मोटर रहेको छ । यी दुई स्कुटरमा ७२ भोल्ट ४० एम्पीयरको रिमुभएबल लिथियम आयन ब्याट्री प्याक दिएको छ । यो ब्याट्री प्याकले एक पटकको फुल चार्जमा १२० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ । कोमाकीले यी दुवै स्कुटरमा रिजेनेरेटिभ ब्रेक्रिङ सिस्टम उपलब्ध गराएको छ ।

कम्पनीले भेनिस र एसइ स्कुटरमा ब्लुटूथ कनेक्टेड फिचर, सीबीएस ब्रेकिङ सिस्टम, राइड मोड जस्ता फिचर दिएको छ ।

युनिटी ट्रेडिङले कोमाकी भेनिसको मूल्य ३ लाख र एसईको मूल्य २ लाख ९५ हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरू गरको हो । कम्पनीले हाल काठमाडौंको बालुवाटारमा शोरुमको स्थापना गरेर विक्री सुरू गरेको छ भने निकट भविष्यमा नै नेपालभर आफ्नो डिलर विस्तार गर्ने योजना बनाएको छ ।


Back_to_top