काठमाडौं । टीभीएस रेडर १२५ ले इन्डियन मोटरसाइकल ‘अफ दी इयर’ अवार्ड जित्न सफल भएको छ । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, उच्च माइलेज रहेको रेडरले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उक्त उपाधि हात पारेको हो ।
इन्डियन मोटरसाइकल अफ दी इयर उपाधिको छनोट तथा घोषणाका लागि १४ सदसीय निर्णायक मण्डलको गठन गरिएको थियो । निर्णायक मण्डलका सदस्यहरुमा भारत चल्तीका अटो पत्रकारहरु थिए ।
हरेक बर्ष भारतीय बजारमा आउने नयाँ मोटरसाइकल मध्य उत्कृष्ट व्यापर गर्न सफल मोटरसाइकल कमै मात्र हुने गर्छन् । यस अवार्डको लागि १ डिसेम्बर २०२० देखि ३० नोवेम्बर २०२१ सम्ममा बजारमा आएका मोडल बीच प्रतिस्पर्धा भएको थियो ।
कम मल्य, अत्याधुनिक फिचर र स्टाइलिस डिजाइनको कारण टीभीएस रेडरले नेपालमा पनि उत्तिकै लोकप्रियता पाइरहेको छ । जगदम्बा मोटर्सद्वारा सन् २०२१को नोवेम्बरमा सार्वजनिक गरिएको यो मोटरसाइकल युवा माझ अत्यधिक लोकप्रिय बन्दै गएको छ ।
टीभीएस रेडर १२५मा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिंग, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायत विशेषताहरु उपलब्ध रहेका छन् । साथै, यसमा रहेका आकर्षक नयाँ एलइडी हेडलाइट, एंगुलर एलइडी डीआरएल तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई आकर्षक बनाएको छ ।
१२४.८ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर आयल कुल्ड एसआई कार्बुरेटर इन्जिन रहेको मोटरसाइकलले अधिकतम ७५०० आरपीएममा १२.९ पीएस पावर र ६ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्छ ।


