काठमाडौं । चेरीले नेपालमा पुनःआगमन गरेको करिब ६ महिना भएको छ । अहिले आइसी इन्जिनमा रहेको टिगो फोर प्रो मोडल विक्री गर्दै आएको चेरीले निकट भविष्यमा नै इलेक्ट्रीक गाडी ल्याउने तयारी गरिरहेको छ ।
चेरी चीनको अग्रणी अटोमोबाइल कम्पनी हो भने, उसले विगत २० वर्षभन्दा धेरै समयदेखि नयाँ इनर्जी भेहिकल उत्पादन र अन्भेष्णमा काम गर्दै आएको छ । अहिले चेरीसँग चारवटा नयाँ इनर्जी भेहिकल प्लेटफर्म रहेका छन् ।
चेरीले आफ्नो आन्ट मोडललाई नयाँ लाइफ टेक्नोलोजी प्लेटफर्ममा ल्याएको छ । सन् २०२२ ‘आन्ट’मा ‘लेभल टु अटोमेटीक एसिस्ट ड्राइभिङ सिस्टम’ पाउन सकिन्छ ।

नयाँ आन्टको लम्बाई ४६३० एमएम, चौडाई १९१० एमएम, उचाई १६५५ एमएम र ह्वीलवेस २८३० एमएम रहेको छ । चेरीले यसलाई रियर ह्वील ड्राइभ सिस्टमा ल्याएको छ ।
एक पटकको फुल चार्जमा ५१० किलोमिटर रेन्ज दावी गरिएको आन्ट ७०.१ किलोवाट आवरको लिथियम आयोन व्याट्री दिइएको छ भने, यसलाई कम्पनीले १३० किलोवाट र १५० किलोवाट क्षमताको दुई फरक मोटरमा ल्याएको छ ।
चेरीले पूर्णत फिचर लोड गरेर ल्याएको नयाँ एसयूभीमा स्प्लीट हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, प्रोजेक्टर हेडल्याम्प, १८ इन्चको अलोय ह्वील जस्ता फिचर रहेका छन् ।
यसको इन्टेरियर पनि फिचर लोडेड रहेको छ । १२.३ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, पानारोमिक सनरुफ, एयर प्यूरिफायर सिस्टम, इलेक्ट्रीक सिट, फाइभ जी सपोर्ट, एडएएस ड्राइभर एसिस्ट, भ्वइस कमान्ड जस्ता फिचर पाउन सकिन्छ ।

