केटीएम २५० एड्भेन्चरको पावर ट्रेन स्पेक सार्वजनिक भएको छ । यो मोटरसाइकल केहि समय अगाडि भारतीय डिलर नेटवर्कमा देखिएको छ ।
कम्पनीले भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको यो मोटरसाइकलको बुकिङसमेत लिइरहेको छ ।
३९० एड्भेञ्चर सार्वजनिक गरेको केही महिना भित्रै कम्पनीले २५० एड्भेञ्चर सार्वजनिक गर्न लागेको हो ।
केटीएम २५० एड्भेन्चरमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएममा ३० पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
कम्पनीले यसलाई ३९० एड्भेञ्चरबाट प्रेरित डिजाइनमा निर्माण गरेको छ । केटीएम २५० मा ३९० एड्भेन्चरबाट स्टील ट्रेल फ्रेम, ४३ एमएम डब्ल्यूपी एपेक्स इन्र्भटेड सस्पेन्सन, मोनोशक, ३२० एमएम फ्रन्ट र २३० एमएम रियर डिस्क, ह्वील, फ्यूल ट्याङक, अफरोड एबीएस जस्ता फिचर ३९० एड्भेन्चबाट लिएको छ ।

