केटीएम २५० एड्भेञ्चर भारतमा सार्वजनिक, ३९० एड्भेन्चर भन्दा निकै सस्तो

काठमाडौं । केटीएम २५० एड्भेञ्चर भारतमा सार्वजनिक भएको छ । यो मोटरसाइकल केहि समय अगाडि भारतीय डिलर नेटवर्कमा देखिएको थियो ।

कम्पनीले इन्ट्री लेवल एड्भेञ्चर मोटरसाइकलको रुपमा यसलाई ल्याएको हो ।

यससँगै कम्पनीले आधिकारीक रुपमा नै बुकिङ समेत खोलेको छ । केटीएम २५० एड्भेञ्चरको मूल्य २ लाख ४८ हजार २५६ भारतीय रुपैयाँ तोकेको छ । यो मूल्य केटीएम ३९ एड्भेन्च भन्दा ५७ हजार भारतीय रुपैयाँले कम रहेको छ ।

केटीएम २५० एड्भेञ्चरमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएममा २९.६ पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

कम्पनीले यसलाई ३९० एड्भेञ्चरबाट प्रेरित डिजाइनमा निर्माण गरेको छ । केटीएम २५० मा ३९० एड्भेन्चरबाट स्टील ट्रेल फ्रेम, ४३ एमएम डब्ल्यूपी एपेक्स इन्र्भटेड सस्पेन्सन, मोनोशक, ३२० एमएम फ्रन्ट र २३० एमएम रियर डिस्क, ह्वील, फ्यूल ट्याङक, अफरोड एबीएस जस्ता फिचर ३९० एड्भेन्चबाट लिएको छ ।


Back_to_top