बजाज र केटीएमको सहकार्यमा इलेक्ट्रीक मोटरसाइकल आउने

काठमाडौं । बजाज र  केटीएमले सहकार्यमा निर्माण गरेको हाइइन्ड इलेक्ट्रीक स्कुटर २०२२ मा सार्वजनिक हुने भएको छ । दुबै कम्पनीले संयुक्त लगानीमा निर्माण गरेको इलेक्ट्रीक स्कुटरलाई चेतक वा अर्बानाइट मोनिकरको नेमप्लेटमा ल्याउने तयारी गरेका छन ।

जिरो इमिशन मापदन्ड अनुरुप उत्पादन भैरहेको अर्बानाइट स्कुटर यही आर्थिक वर्षभित्र रिभील गर्ने केटीएमले जनाएको छ । यी दुुई कम्पनीले गत जुनमा इलेक्ट्रीक स्कुटर तथा बाइक निर्माण लाग्ने सहमती गरेका थिए ।

हाल, पुनेस्थित बजाजको फ्याक्ट्रीबाट हाइइन्ड स्कुटर उत्पादन भैरहेको बजाजले जनाएको छ  । यी इलेक्ट्रीक सवारीमा ३ देखि १० किलोवाट सम्मको ब्याट्री पावर  दिइने छ  । केटीएम एजी लेभल र केटीएमकै आर्किटेक्चरमा निर्माण हुने यी मोडलमा दुवै कम्पनीको इन्जिनियरिङको उपयोग गरिनेछ । बजाजले केटीएमसँग भएको सहमतिअनुरुप ४८ प्रतिशत हिस्सेदारी लिएको जनाएको छ  ।


Back_to_top