स्कुटर अफ द इयरको अवार्ड बिजेता टीभीएस एनटर्क १२५ को २०२० भर्सन आउने भएको छ । सार्वजनिक भए पश्चात बजारमा लोकप्रिय हुन सफल भएको यो स्कुटरको फेसलिफ्ट भर्सन सावजनिक गर्ने कम्पनीले तयारी गरेको हो । एनटर्क १२५ फेसलिफ्ट नयाँ एलइडी सेटअपमा आउने भएको छ । हाल हेलोजीन हेडल्याम्प रहेका यो स्कुटरमा अझै धेरै भिजिवलिटी सहितको नयाँ डिजाइनको एलइडी हेडल्याम्पमा आउने भएको हो ।
हाल उपलब्ध रहेको एनटर्क १२५ को टेलल्याम्प टी सेपमा रहेको छ भने, २०२० एनटर्कको हेडल्याम्पसमेत टी सेपमा आउने छ । आर्कषक डिजाइनमा आउने डे–टाइम रनिङ एलइडी हेडल्याम्पले यो स्कुटरलाई अझै स्पोर्टी बनाएको छ ।
सार्वजनिक भएको छोटो समयमा एक लाखको माइलस्टोन पुरा गरेको यो स्कुटरले सुजुकी एसेस, होन्डा ग्राजिया जस्ता स्कुटरसँग प्रतिस्पर्धा गरिरहेको छ । कम्पनीले एनटर्क १२५ मा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन ।
हाल उपलब्ध रहेको टीभीएस एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्मार्ट एक्सकनेक्ट द्धारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ । अब आउने फेसलिफ्ट भर्सन भारत स्यान्डर्ड मापदन्ड अनुरुप हुने कम्पनीले जनाएको छ ।
यो फेसलिफ्टको मूल्य हालको भन्दा ४ हजार भारतीय रुपैयाँ महंगो हुने अनुमान रहेको छ । नेपाली बजारमा समेत लोकप्रिय रहेको यो स्कुटर भारतीय बजारमा सार्वजनिक भएसँगै नेपाली बजारमा भित्रने छ ।

