केटीएमले सार्वजनिक गर्यो ९० किमी रेन्ज दिने इलेक्ट्रीक साइकल

काठमाडौं । अस्ट्रियन मोटरसाइकल ब्राण्ड केटीएमले नयाँ इलेक्ट्रीक बाइसाइकल सार्वजनिक गरेको छ । कम्पनीले एकपटक चार्ज गर्दा ९० किलोमिटरसम्म चल्ने ई–बाइसाइकल सार्वजनिक गरेको हो ।

केटीएमको यो ई-बाइसाइकल एक आधुनिक, इकोफ्रेन्ड्ली र एरोडायनामिक फ्रेम डिजाइनमा निर्माण गरिएको छ । जुन विशेष गरी शहर भित्र आरामदायी, स्टाइलिस र छिटो सवारी चाहनेहरूका लागि बनाइएको हो।

रेगुलर साइकलहरूभन्दा फरक यो ई-साइकलमा ई-बाइकमा हुने प्रविधि र फिचरहरू छ जसले यसलाई दैनिक यात्रा र फिटनेस राइड दुवैको लागि उत्तम बनाउँछ ।

स्टाइल कम्बिनेसन, स्पीड, कम्फर्ट, टिकाउ, स्पोर्टी स्टाइलिस डिजाइन र ९० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने ब्याट्रीले यसलाई प्रिमियम ई–बाइक श्रेणीमा सहजै फिट गराउने छ ।

यसमा २५ देखि ३० किलोमिटर प्रतिघण्टाको टप स्पीड प्रदान गर्ने इलेक्ट्रीक मोटर, पेडल असिस्ट र थ्रोटल राइड मोड पनि छ । साथै, ब्याट्री रेन्ज, राइड मोड, स्पीड र रियल टाइम जस्ता चालकलाई सूचना दिने डिजिटल डिस्प्ले पनि रहेको छ ।

हलुका तौल भएको फ्रेम र बलियो खिया नलाग्ने आल्मुनियमबाट बनेको केटीएमको यस ई-बाइकमा उत्कृष्ट सडक पकड र स्थिरता प्रदान गर्ने चौडा टायर, एर्गोनोमिक ह्याण्डलबार, आरामलायी सिट, मल्टि स्टेप गियर सिस्टम, रिमुभेबल अप्सनको लिथियम आयन ब्याट्री प्याक, दुवै टायरमा डिस्कब्रेक, ट्युबलेस टायर, एड्भान्स युजर फ्रेण्डली र कम्फर्ट ओरियन्टेड डिजाइन पाउन सकिन्छ ।

यसको मूल्य २ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म पर्नेछ ।


Back_to_top