काठमाडौं । अष्ट्रियन प्रिमियम ब्राण्ड केटीएमका ८ मोडलका मोटरसाइकल विक्री भइ रहेको छ ।
केटीएम मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले २०० सीसीदेखी ८०० सीसीसम्मका मोटरसाइकल नेपाली बजारमा विक्री गर्दै आएको छ । केटीएमका सबै मोडलहरु बीएस ६ भर्सनमा रहेको छन् ।
प्रिमियम मोटरसाइकल खोज्ने ग्राहकहरुका लागि केटीएम मोटरसाइकल पहिलो रोजाइ हुन सक्छ । कम्पनीले नेपाली बजारमा विक्री गर्दे आएको सबैभन्दा कम मूल्यको मोटरसाइकल केटीएम २०० ड्युक रहेको छ । यसको मूल्य ५ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यस्तै केटीएम २५० ड्यूकको मूल्य ७ लाख ४ हजार ९०० रुपैयाँ रहेको छ भने केटीएम ३९० ड्यूकको मूल्य ९ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यसैगरि आरसी सिरिजमा केटीएम आरसी २०० को मूल्य ६ लाख ५९ हजार ९०० रुपैयाँ र आरसी ३९० को मूल्य ९ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ ।यसका साथै एड्भेन्चर सिरिजमा एड्भेन्चर २५० को मूल्य ८ लाख १९ हजार ९०० रुपैयाँ र एड्भेन्चर ३९० को मूल्य १० लाख ८९ हजार ९०० रपैयाँ रहेको छ ।
त्यस्तै केटीएमले नेपाली बजारमा विक्री गर्ने सबैभन्दा धेरै क्षमताको मोटरसाइकल ७९० ड्यूकको मूल्य २३ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।
सरकारले हालै मात्र जारी गरेको नयाँ निर्देशन अनुसार २५० सीसीभन्दा माथिका मोटरसाइकलहरु आयातमा रोक लगाइका कारण ३९० सिरिज र ७९० ड्यूकको आयातमा भने केहि समस्या आउन सक्ने देखिन्छ ।

