नयाँ हेडल्याम्प सेटअपमा हिरो एक्सपल्स २०० फोर भी सार्वजनिक

काठमाडौं । हिरोको चर्चित मोटरसाइकल एक्सपल्स २०० फोर भीमा नयाँ हेडल्याम्प सेटअपमा सार्वजनिक भएको छ । हिरोले टर्किमा नयाँ हेडल्याम्पका साथै नयाँ डिआरएल सेटअपमा हिरो एक्सपल्स २०० फोर भी सार्वजनिक गरेको हो ।

टर्कीमा सार्वजनिक भएको हिरो एक्सपल्स २०० फोर भीमा एलइडी प्रोजेक्टर एलइडी हेडल्याम्प सेटअप दिइएको छ । नयाँ हेडल्याम्पले हालको मोडलभन्दा धेरै प्रकाश दिने कम्पनीले जनाएको छ । निकट भविष्यमा भारतीय बजारमा समेत यो नयाँ हेडल्याम्प र डिआरएल सहितको मोटरसाइकल भित्रने अनुमान गर्न सकिन्छ ।

केही समय अघि मात्र नेपाली बजारमा एनजीएम हिरोले एक्सपल्स २०० फोर भी सार्वजनिक गरेको थियो ।
एड्भेन्चर टुरर डिजाइनमा निर्माण भएको एक्सपल्स २०० फोर भीमा २०० सीसी लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १९.१ पीएस पावर र १७.३५ एनएम टर्क प्रदान गर्छ ।

हिरोले यसमा ७ फिन आयल कुलरको प्रयोग गरेको छ, अब पहिले जस्तो इन्जिन तात्ने समस्या पूर्णरुपमा समाधान भएको कम्पनीको दावी छ । रेगुलर मोडलको तुलनामा फोर भी निकै आरामदायी रहेको छ । यसको सिट हाइट २ एमएमले बढाइएको छ । साथै, सिटलाई पनि परिमार्जन गरिएको छ ।

हिरोले एक्सपल्समा दिइएको स्टार्ट र किल स्वीचलाई अपग्रेड गरेको छ । साथै, रेगुलर मोडलको तुलनामा धेरै प्रकाश दिने एलइडी हेडलाइट दिएको छ । साथै, व्लुटथ कनेक्टीभीटी र टर्न वाई टर्न नेभिगेशन फिचर पनि थप भएको छ ।

एक्सपल्स २०० फोर भीको अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध रहेको छ । साथै, मोटरसाइकलमा अगाडि २७६ एमएम र पछाडि २२० एमएम डिस्क ब्रेकलाई निरन्तरता दिइएको छ ।

एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।


Back_to_top