कुजु नेपालले पायो ‘उत्कृष्ट मार्केटिङ अवार्ड

याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी कुजु नेपालले उत्कृष्ट मार्केटिङको लागि अवार्ड जितेको छ। कुजु नेपाल प्रालिले नेपाली बजारमा याडियाको तीन मोडलको इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको छ ।

चिनियाँ ब्रान्ड याडियाले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा अवार्ड वितरण गर्ने गरेको छ । यस्तैमा सन् २०२१ को ‘उत्कृष्ट मार्केटिङ’ विधामा कुजु नेपाल विजयी भएको हो ।

कुजु नेपालले नेपाली बजार तीन मोडलका इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको छ । केही समय अगाडि नै याडियाका तीनै मोडल सोल्ड आउट रहेको छ । अबको २ महिना भित्र नयाँ स्कुटरहरु नेपाली बजारमा उपलब्ध गराउने कम्पनीले बताएको छ ।

यस्तो छ याडियाका स्कुटरहरु

याडिया जी ५

आकर्षक डिजाइनमा आएको जी ५ स्कुटरमा जिटीआर ३।० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम २३०० वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर १२०० वाट रहेको छ । त्यस्तै यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो मोटर आइपी ५७ वाटरप्रुफ रेटेड रहेको छ । यो स्कुटरलाई ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा चलाउन सकिन्छ ।

जी५ मा ६० भोल्ट, ३२ एम्पीयरको पानाशोनिक लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसालाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ८० किलोमिटर रेञ्ज प्रदान गर्छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यसमा प्रयोग भएको व्याट्री माइनस २० देखी ५५ डिग्रिसेन्टीग्रेट तापक्रममा काम गर्न सक्छ भने यो सर्ट सर्किट, ओभर करेन्ट प्रोटोक्सन र ओभर चार्ज प्रोटेक्सन फिचर रहेको छ ।

याडिया जि ५मा ७ इन्जको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । यसको फ्रन्ट फर्क उच्च गुणस्तरको आल्मुनियमद्धारा निर्माण गरिएको छ । त्यस्तै १२ इन्चको ट्युवलेस टायर, दुबै चक्कामा डिस्क ब्रेक र सबै प्रकारका लाइहरु एलइडी प्रयोग गरिएको छ । यसमा २६ लिटरको स्टोरेज क्षमता पाउन सकिन्छ । यसको मूल्य ३ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

याडिया सि-१ एस

याडिया सि १ एसमा जी ५ कै समान जिटीआर ३।० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम २२०० वाट पावर प्रदान गर्छ भने, यसको रेटेड पावर १८०० वाट रहेको छ । त्यस्तै यो मोटरले अधिकतम १३८ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरको टप स्पीड क्षमता ६० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यसमा ६० भोल्ट, ३२ एम्पीयरको पानाशोनिक लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसालाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ८० किलोमिटर रेन्ज प्रदान गर्छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यस्तै यो व्याट्री माइनस २० देखी ५५ डिग्रिसेन्टीग्रेट तापक्रममा काम गर्न सक्छ ।

यसमा ९ प्रकारको सेफ्टी प्रोटेक्सन रहेको छ । यसमा सर्ट सर्किट प्रोटेक्सन, ओभर करेन्ट प्रोटेक्सन, ओभर चार्ज प्रोटेक्सन, ओभर डिस्र्चाज प्रोटेक्सन, प्रि डिस्र्चाज प्रोटेक्सन, सन्तुलित फक्शन, ओभर टेम्प्रेचर प्रोटेक्सन, राइडिङ मोडजस्ता फिचर रहेको छ ।

याडिया सि १ एसमा ५ इन्जको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । त्यस्तै यसमा स्मार्ट कि–लेस इन्टिग्रेटेड शोलुसन सिस्टम रहेको छ । यसको फर्क उच्च गुणस्तरको आल्मुनियम द्धारा निर्माण गरिएको छ । त्यस्तै यसमा १२ इन्चको ट्युवलेस टायर, दुबैतर्फ डिस्क ब्रेक, २५ लिटरको स्टोरेज क्षमता रहेको छ ।
यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

याडिया एस-लाइक

याडिया एस–लाइकमा पनि जिटीआर ३।० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम १२०० वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर २००० वाट रहेको छ । त्यस्तै यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो मोटर आइपी ५७ वाटरप्रुफ रेटेड रहेको छ । यो स्कुटरको टप स्पीड ५० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यसमा ६० भोल्ट, २४ एम्पीयरको लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसलाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ६० किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा डबल ब्याट्रीको सुबिधा समेत रहेको छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यसमा सर्ट सर्किट, ओभर करेन्ट प्रोटोक्सन, सक प्रोटेक्सन र ओभर चार्ज प्रोटेक्सन जस्ता पाउन सकिन्छ ।

याडिया एस(लाइकमा ४।२ इन्जको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । यसमा रहेको एलसीडी डिस्प्ले दिनमा तथा रातमा आफै एड्जष्ट हुनेछ । यसको फर्क उच्च गुणस्तरको आल्मुनियम द्धारा निर्माण गरिएको छ । त्यस्तै यसमा १२ इन्चको ट्युवलेस टायरको प्रयोग गरिएको छ भने यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक उपलब्ध छ । यसमा १८ लिटरको स्टोरेज क्षमता रहेको छ । यसको मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।


Back_to_top