काठमाडौं । इलेक्ट्रीक स्कुटर याडिया र टेल्जी सोल्डआउट भएको छ । नेपाली बजारमा विक्री हुँदै आएको यी दुई कम्पनीका स्कुटर सोल्डआउट भएका हुन् ।
सोल्डआउट भएसँगै अब टेल्जी र याडियाको स्कुटर किन्न चाहाने ग्राहकले केही सयम प्रतिक्षा गर्नु पर्ने भएको छ ।
याडिया इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी कुजु नेपाल प्रालि रहेको छ भने टेल्जी इलेक्ट्रीको लागि योम मा ई मोटर्स रहेको छ । यी दुबै कम्पनीले गतवर्षदेखी नेपाली बजारमा आफ्ना उत्पादन विक्री सुरु गरेका थिए ।
यी दुबै कम्पनीका स्कुटर खरिद गर्न चाहाने ग्राहकले फेब्रुअरिसम्म प्रतिक्षा गर्नु पर्नेछ ।
याडिया तथा टेल्जीका तीन/तीन मोडलका स्कुटर विक्री गर्दै आएको छ ।
याडिया जी ५
आकर्षक डिजाइनमा आएको जी ५ स्कुटरमा जिटीआर ३.० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम २३०० वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर १२०० वाट रहेको छ । त्यस्तै यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो मोटर आइपी ५७ वाटरप्रुफ रेटेड रहेको छ । यो स्कुटरलाई ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा चलाउन सकिन्छ ।
जी५ मा ६० भोल्ट, ३२ एम्पीयरको पानाशोनिक लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसालाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ८० किलोमिटर रेञ्ज प्रदान गर्छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यसमा प्रयोग भएको व्याट्री माइनस २० देखी ५५ डिग्रिसेन्टीग्रेट तापक्रममा काम गर्न सक्छ भने यो सर्ट सर्किट, ओभर करेन्ट प्रोटोक्सन र ओभर चार्ज प्रोटेक्सन फिचर रहेको छ ।
याडिया जि ५मा ७ इन्जको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । यसको फ्रन्ट फर्क उच्च गुणस्तरको आल्मुनियमद्धारा निर्माण गरिएको छ । त्यस्तै १२ इन्चको ट्युवलेस टायर, दुबै चक्कामा डिस्क ब्रेक र सबै प्रकारका लाइहरु एलइडी प्रयोग गरिएको छ । यसमा २६ लिटरको स्टोरेज क्षमता पाउन सकिन्छ । यसको मूल्य ३ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
याडिया सि-१ एस
याडिया सि १ एसमा जी ५ कै समान जिटीआर ३.० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम २२०० वाट पावर प्रदान गर्छ भने, यसको रेटेड पावर १८०० वाट रहेको छ । त्यस्तै यो मोटरले अधिकतम १३८ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरको टप स्पीड क्षमता ६० किलोमिटर प्रतिघन्टा रहेको छ ।
यसमा ६० भोल्ट, ३२ एम्पीयरको पानाशोनिक लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसालाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ८० किलोमिटर रेन्ज प्रदान गर्छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यस्तै यो व्याट्री माइनस २० देखी ५५ डिग्रिसेन्टीग्रेट तापक्रममा काम गर्न सक्छ ।
यसमा ९ प्रकारको सेफ्टी प्रोटेक्सन रहेको छ । यसमा सर्ट सर्किट प्रोटेक्सन, ओभर करेन्ट प्रोटेक्सन, ओभर चार्ज प्रोटेक्सन, ओभर डिस्र्चाज प्रोटेक्सन, प्रि डिस्र्चाज प्रोटेक्सन, सन्तुलित फक्शन, ओभर टेम्प्रेचर प्रोटेक्सन, राइडिङ मोडजस्ता फिचर रहेको छ ।
याडिया सि १ एसमा ५ इन्जको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । त्यस्तै यसमा स्मार्ट कि–लेस इन्टिग्रेटेड शोलुसन सिस्टम रहेको छ । यसको फर्क उच्च गुणस्तरको आल्मुनियम द्धारा निर्माण गरिएको छ । त्यस्तै यसमा १२ इन्चको ट्युवलेस टायर, दुबैतर्फ डिस्क ब्रेक, २५ लिटरको स्टोरेज क्षमता रहेको छ ।
यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
याडिया एस-लाइक
याडिया एस–लाइकमा पनि जिटीआर ३.० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम १२०० वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर २००० वाट रहेको छ । त्यस्तै यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो मोटर आइपी ५७ वाटरप्रुफ रेटेड रहेको छ । यो स्कुटरको टप स्पीड ५० किलोमिटर प्रतिघन्टा रहेको छ ।
यसमा ६० भोल्ट, २४ एम्पीयरको लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसलाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ६० किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा डबल ब्याट्रीको सुबिधा समेत रहेको छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यसमा सर्ट सर्किट, ओभर करेन्ट प्रोटोक्सन, सक प्रोटेक्सन र ओभर चार्ज प्रोटेक्सन जस्ता पाउन सकिन्छ ।
याडिया एस-लाइकमा ४.२ इन्जको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । यसमा रहेको एलसीडी डिस्प्ले दिनमा तथा रातमा आफै एड्जष्ट हुनेछ । यसको फर्क उच्च गुणस्तरको आल्मुनियम द्धारा निर्माण गरिएको छ । त्यस्तै यसमा १२ इन्चको ट्युवलेस टायरको प्रयोग गरिएको छ भने यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक उपलब्ध छ । यसमा १८ लिटरको स्टोरेज क्षमता रहेको छ । यसको मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।
टेल्जी लियोपार्ड
लियोपार्ड स्कुटरमा २.५ किलोवाट पावरको मोटरका साथै ३.२ किलोवाट आवरको व्याट्रीप्याक रहेको छ । टेल्जी लियोपार्ड इलेक्ट्रीक स्कुटरले एक पटककोे फुलचार्जमा १३० किलोमिटरको रेन्ज प्रदान गर्छ । यस इलेक्ट्रीक स्कुटरको व्याट्री एक पटक फुल चार्ज गर्न ५ घन्टा लाग्छ ।
यसका अलावा यो स्कुटरमा की–लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेवल सस्पेन्सन, फास्ट चार्जीङ पोर्ट, ठुलो अन्डर सिट स्पेस लगायतका महत्वपुर्ण फिचरहरु समावेश रहेको छ ।
टेल्जी लियोपार्ड इलेक्ट्रीक स्कुटरको मूल्य २ लाख १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
टेल्जी लायन
टेल्जी लायनमा २.५ किलोवाट पावरको मोटर र १.९ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । यो स्कुटरमा एक पटकको फुल चार्जमा ८५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दावी छ । यसको टप स्पीड क्षमता ४० किलोमिटर प्रतिघन्टा रहेको छ ।
यसका अलावा लायनमा कि लेस स्टार्ट, डिस्क ब्रेक सिस्टम, टीएफटी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर जस्ता फिचर रहेका छन् ।
टेल्जी लायन स्कुटरको मूल्य १ लाख ८३ हजार रुपैयाँ रहेको छ ।
टेल्जी टाइगर
टाइगरमा २.५ किलोवाट पावरको मोटर मोटरका साथै २.३ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । यी स्कुटर एक पटकको फुल चार्जमा ९५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दावी रहेको छ । यसको टप स्पीड क्षमता ५० किलोमिटर प्रतिघन्टा रहेको छ ।
यसका अलावा टाइगरमा कि लेस स्टार्ट, डिस्क ब्रेक सिस्टम, टीएफटी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर जस्ता फिचर रहेका छन् ।
यो स्कुटरको मूल्य १ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

