काठमाडौं । नेपाली बजारमा वेलायती अटोमोबाइल कम्पनी ल्याण्ड रोभरको प्रिमियम एसयूभी भित्रिएको छ ।
नेपालमा प्रिमियम गाडीहरू बिक्री गर्दै आएको काइरोस इन्टरनेशनलले जागुवार ल्याण्ड रोभरले उत्पादन गरेको रेन्ज रोभर प्रिमियम एसयूभीहरू भित्र्याएको हो ।
कम्पनीले रेन्ज रोभर र डिफेन्डर मोडलका एसयूभीहरू बिक्री सुरू गरेको हो । कम्पनीले ल्याएका रेन्ज रोभर पेट्रोल र प्लगइन हाइब्रिड हुन् ।
कम्पनी स्रोतका अनुसार अहिले नेपाली बजारमा रेन्ज रोभरको भेलार, स्पोर्ट, इभोग र अटोबायोग्राफी जस्ता मोडलहरू उपलब्ध छन् । त्यस्तै स्पार्टी अफरोडर चाहनेहरूको लागि डिफेन्डर स्पोर्टस् समेत उपलब्ध छ ।

ल्याण्ड रोभरका प्रिमियम उत्पादनहरूको मूल्य २ करोड ९५ लाख रुपैयाँदेखि ७ करोड ७५ लाख रुपैयाँसम्म रहेको कम्पनी स्रोतले मेरोअटोलाई बतायो ।

काइरोसले हाल नेपालमा अउडी, पोश्र्च जस्ता लग्जरी ब्राण्डका ईभी बेचिरहेको छ ।



