सवारीसाधन निर्माता कम्पनीले आफ्नो सवारीसाधनको सुरक्षा परिक्षण गराउँदै आएका हुन्छन् । नेपाली बजारमा बिक्री वितरण भइरहेका डाट्सन, हुन्डाई र मारुती सुजुकीले आफ्ना कारको क्र्यास टेष्ट गराएका छन् ।
जसमा डाट्सन रेडी गो, हुन्डाई सेन्ट्रो, मारुती सुजुकी बागेनआर र आर्टिगा रहेका छन् । कम्पनीहरुले ग्लोवल एनक्यापमा क्र्यास टेष्ट गराएका सबै मोडलको वेस भेरियन्ट हुन् ।
मारुती सुजुकीको एमपीभी आर्टिगाले ग्लोवल एनक्यापमा ३ स्टार रेटिङ्ग पाएको छ भने वागेनआरले २ स्टार रेटिङ्ग पाएको छ । त्यसैगरी हुन्डाईको इन्ट्री लेवल कार सेन्ट्रोले २ स्टार रेटिङ्ग पाउँदा डाट्सन रेडी गोले १ स्टार रेटिङ पाएको छ । यी तीनवटै कारले चाइल्ड सेफ्टीमा भने समान २ स्टार रेटिङ्ग पाएका छन् ।
आर्टिगामा दुई एयरव्याग रहेको थियो भने अन्य सबै परिक्षण गरिएका कारमा चालक साइडमा मात्र एयरव्याग दिइएको थियो । कम्पनीले यी कारको फुल अप्सनमा भने दुई एयरव्याग दिएको छ ।
परिक्षणपछि ग्लोवल एनक्यापका प्रेसिडेन्ट तथा सिइओ डेविड वार्डले भने ‘ यी सवारीसाधन मध्य कुनैपनि मोडलले ५ स्टार रेटिङ पाउन नसक्नु निरासाजनक भएपनि पहिलेको तुलनमा यी मोडलमा सुरक्षामा सुधार आउनु संन्तोषजनक हो ।’


