काठमाडौं । हिरो एक्सट्रीम २०० एस नेपाली बजारमा बिक्री वितरण भइरहेको मोटरसाइकल हो । हिरोको लागि नेपालको आधिकारीक बिक्रेता नेपाल जनरल मार्कोटिङ (एनजीएम) ले गत भदौमा भएको नाडा अटो शो २०१९ मा यसलाई सार्वजनिक गरेको थियो ।
हिरो मोटोकर्पले नयाँ डिजाइको साथ बजारमा ल्याएको एक्सट्रीम २०० एस निकै स्पोर्टी देखिएको छ । यसको नेपाली बजारमा मूल्य ३ लाख २२ हजार रुपैयाँ तोकिएको छ ।
हिरो एक्सट्रीम २०० एस पुरानै एक्सट्रीम २०० आर जस्तै बनाइएको छ । यसमा प्रयोग गरिएको धेरै जसो पार्टसहरु आर सिरिजबाट लिइएको हो । एक्सट्रीम २०० एसमा प्रयोग भएको ब्ल्याक अलोय ह्वील, सिंगल पीस सिट, किक–स्टार्ट लिवर, टेल सेक्शन र पेनल साइड डिजाइन आर सिरिजबाट लिइएको हो ।
एक्सट्रीम २०० एसमा दिइएको नयाँ एलिमेन्टमा लामो कालो विंडशील्ड र निकै स्टाइलिस शोरुप मुख्य हो । यसमा नयाँ फिएरसिङ तथा रिफ्लेक्टर स्ट्रीपको प्रयोग गरिएको छ ।
यस मोटरसाइकलमा फुल एलइडी हेडल्याम्प र ब्लूटुथ कनेक्टिभिटीको साथ नयाँ फुल्ली डिजिटल एलइडी इक्स्ट्रुमेन्ट क्लस्टर जडान गरिएको छ । जहाँ नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, ट्रिप मिटर र सर्भिस रिमाइन्डर अलर्ट राखिएको छ ।

नयाँ हिरो एक्सट्रीम २०० एसमा २०० सीसी एयर–कूल्ड इन्जिन दिइएको छ । जसले ८००० आरपीएममा १८ बीएच पावर र ६५०० आरपीएममा १७.१ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड म्यानुयल गियर बक्स जडान गरिएको छ ।
मोटरसाइकलमा टेलेस्कोपिक फ्रन्ट फर्क र रियरमा एउटा ७–स्टेप एडजस्टेबल मोनोशक दिइएको छ । ब्रेकिंग अन्तर्गत मोटरसाइकलमा २७६ एमएमको फ्रन्ट डिस्कको साथ सिंगल च्यानल एबीएस र रियरमा २२० एमएमको डिस्क ब्रेक दिइएको छ । बाइकको सिट हाइट ७९५ एमएम र ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ । बाइकको तौल भने १४८ केजी रहेको छ ।

