एम्पियर जीलको नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक, यस्ता छन् विशेषता

भारतको इन्जिनियरिङ कम्पनी ग्रेभस् कटनले इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । एम्पियर जील इलेक्ट्रीक स्कुटरलाई हाई स्पीड स्लेक्ट्रीक स्कुटर भनिएको छ । 

भारत सरकारको इलेक्ट्रीक सवारीको फेमटू योजना अन्तर्गत निर्माण भएको यो स्कुटरले १८ हजार भारु अनुदान पाएको छ । यो स्कुटरले भारतमा इलेक्ट्रीक दुई पांग्रे सवारीमा राम्रो पकड कायम गर्ने अनुमान गरिएको छ । 

सरकारी अनुदानपछि यो हाई स्पीड इलेक्ट्रीक स्कुटरको मूल्य ६६ हजार भारु तोकिएको छ । एम्पियर जील स्कुटरको अधिकतम गति ५५ किलोमिटर प्रतिघण्टा रहेको छ । एक पटकको फुल चार्जमा यो स्कुटर ७५ किलोमिटरसम्म गुड्छ । 

यो स्कुटर फुल चार्ज हुने साढे ५ घण्टा लाग्ने कम्पनीले जनाएको छ । स्कुटरमा रहेको ग्राफिक्स, एलइडी हेलाइटले स्कुटलाई निक्कै आकर्षक देखाएको छ । यो स्कुटरमा दुईवटा स्पीड मोड रहेको छ । कम्पनीका अनुसार यसले १४ सेकेन्डमा शून्यबाट ५० किलोमिटरको दूरी तय गर्न सक्छ । 

कम्पनीले एम्पियर जील इलेक्ट्रीक स्कुटरमा १ देखि ३ वर्षसम्मको वारेन्टी दिएको छ । यो स्कुटर ५ रंगमा उपलब्ध रहेको छ । 


Back_to_top