काठमाडौं । अफरोडको राजा मानिने ल्याण्ड क्रुजर प्राडोको नयाँ सिरिज एलसी २५० आजबाट बिक्री सुरु हुने भएको छ । टोयोटाको आधिकारीक बिक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले प्राडो एलसी २५० बिक्री सुरु गर्न लागेको हो ।
टोयोटा प्राडो एलसी २५० लाई ५ र ७ सिट क्षमतामा ल्याएको छ । ५ सिट क्षमताको नयाँ प्राडो अल राउण्ड भेरियन्टको मूल्य ३ करोड २० लाख हाराहारी पर्ने छ । साथै, ७ सिट क्षमताको अल राउण्ड भेरियन्टको मूल्य ३ करोड ३२ लाख पर्ने कम्पनी स्रोतले जनायो ।

यसको लग्जरी भेरियन्टको मूल्य ३ करोड ७० लाख हाराहारी पर्नेछ । यसको आधिकारीक मूल्य आज साँझसम्म घोषणा हुनेछ । नयाँ प्राडोमा २० इन्चको आल्मुनियम ह्वील, रेन सेन्सीङ वाइपर, मस्कुलर फ्रन्ट बम्पर, अटोमेटीक हेडल्याम्प, ठूलो एयर ड्याम, फगल्याम्प, मडगाड, विन्डो डिफगर, रियर स्पोइलर जस्ता आवश्यक फिचर यसमा छन् ।
टोयोटाले एलसी २५० मा क्रुजकन्ट्रोल, कुल्ड बक्स, ८ वटा सेन्सर, मल्टी स्पोक स्टेरिङ ह्वील, सनरुफ, एडास फिचर, ८ वटा एयरब्याग, लेदर सिट, ड्यूल जोन एसी, टिल्ट एण्ड टेलिस्कोपीक स्टेरिङ दिइएको छ ।
नयाँ एसयूभीको लग्जरी भेरियन्टमा १२.३ इन्चको इन्फर्मेशन डिस्प्ले उपलब्ध एलसी २५० मा हेडअप डिस्प्ले, हिटर, ग्लोवबक्स, ८ तरिकाले एड्जस्ट गर्न मिल्ने चालक सिट, १० वटा स्पीकर, वायरलेस इन्ट्री पाउन सकिन्छ ।
कम्पनीले नेपाल ल्याएको एलसी २५० प्राडोको अल राउन्डर भेरियन्टमा सनरुफ, अटोमेटीक एसी जस्ता फिचर छैन । साथै, स्कृन सानो छ भने स्पीकरको संख्या पनि कम हुनेछ ।

