भारतका ८ ठूला अटो उत्पादकलाई ७२०० करोड जरिवाना  

काठमाडौं । भारतमा ८ अटोमोबाइल कम्पनीले ७ हजार २०० करोड भारतीय रुपैयाँको जरिवान तिर्नु पर्ने भएको छ ।

ती कम्पनीहरूले भारत सरकारले सन् २०२३ जनवरीदेखि लागू गरेको कर्पोरेट एभरेज फ्युल इफिसियन्सी नम्स (क्याफी) उल्लङ्घन गरेकाले उक्त रकम जरिवाना तिर्नुपर्ने भएको हो ।

यो नम्स अनुसार १०० किलोमिटर गाडी गुड्न ४.७८ लिटर मात्र फ्युल प्रयोग गर्न पाइन्छ । साथै गाडीबाट निस्कने सीओटू इमिसन पनि प्रतिकिलोमिटर ११३ ग्राममा सीमीत हुनपर्छ ।

भारतको यो नयाँ नम्स अनुसार मुख्य ८ वटा अटोमोबाइल उत्पादकहरूले चर्को जरिवाना तिर्नुपर्ने भएको हो । जसमा कोरियन अटोमोबाइल कम्पनी हुन्डाईलाई सबैभन्दा धेरै २ हजार ८३७.८ करोड भारतीय रुपैयाँको जरिवाना भएको छ ।

त्यस्तै, भारतीय कम्पनी महिन्द्राले १ हजार ७८८.४ करोड, अर्को कोरियन कम्पनी कियाले १ हजार ३४६.२ करोड, जापनी कम्पनी होण्डाले ४५७.७ करोड, युरोपियन कम्पनी  रेनोले ४३८.३ करोड, स्कोडाले २४८.३ करोड, निसानले १७२.३ करोड र भारतको स्थानीय कम्पनी फोर्स मोटरले १.८ करोड भारु जरिवाना तिर्नुपर्ने भएको छ ।

भारतको केन्द्र सरकारले यो जरिवाना आर्थिक वर्ष सन् २०२२/२३ को लागि तोकिएको हो । सन् २०२३ को जनअरी १ देखि यो नियम लागू भएकाले कम्पनीहरूले सन् २०२३ मा बिकेका सम्पूर्ण सवारी साधनको आधारमा जरिवान तिर्नुपर्ने भएको हो । अटोमाबाइल कम्पनीहरूले यो जरिवान न्यायोचित नभएको गुनासो गरेका छन् ।

यो नम्स ३५०० केजीभन्दा कम तौल भएका पेट्रोल, डिजेल, एलपीजी, सीएनजी, हाइब्रिड तथा इलेक्ट्रीक सबै भेहिकलमा लागू भएको छ ।


Back_to_top