अब बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने, झन्झट हट्यो

काठमाडौं । अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा पनि खरिद गर्न सकिने भएको छ । नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नागरिकताको आधारमा मोटरसाइकल किन्न सकिने स्कीम ल्याएको हो ।

कम्पनीका अनुसार मसिंर १६ गतेदेखि नागरिकताका आधारमा बजाजका मोटरसाइकल खरिद गर्न सक्नेछन् । यसअघि मोटरसाइकल खरिद गर्दा जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयसा्रेतको सर्टिफिकेट लगायत कागजात आवश्यकता पर्दथ्यो । अब भने ग्राहकले यी कागजातको सट्टामा नागरिकता मात्रै लगेर पनि मोटरसाइकल किन्न सक्नेछन् ।

यद्यपि, मोटरसाइकल खरिद गर्न चाहने ग्राहकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) र एकजना साक्षी बस्ने व्यक्ति भने अनिवार्य रहेको कम्पनीले जनाएको छ ।

यो स्कीम नगदमा मात्रै नभई किस्ताबन्दी (ईएमआई) सुविधामा मोटरसाइकल खरिद गर्न चाहने ग्राहकको हकमा पनि लागू हुने कम्पनीले जनाएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले पनि १ घण्टा भित्रै लोन पास गरेर मोटरसाइकल खरिद गरी घर लैजान सक्ने छन् ।

ईएमआईमा मोटरसाइकल खरिद गर्ने ग्राहकको लागि कम्पनीले ९.९९ प्रतिशत सुलभ ब्याजदरमै ऋण उपलब्ध गराउने छ । यो स्कीम बजाजका देशभरका आधिकारिक शोरुममा उपलब्ध सबै मोडलमा लागू हुने कम्पनीले जनाएको छ ।


Back_to_top