एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले ओमोडा ई फाइभ पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को उत्कृष्ट नेपाली खेलाडीले ओमोडा ई फाइभ एसयूभी पाउने भएका छन् ।

ओमोडा एण्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सको माउ कम्पनी शारडा ग्रुपले एनपीएलको उत्कृष्ट खेलाडीलाई ओमोडा ई फाइभ पुरस्कार दिने घोषणा गरेको हो ।

शारडा ग्रुप एनपीएलको  ‘ड्रिभन बाइ’ सह–प्रायोजक बनेको छ । ओमोडा एण्ड जेइको, नेपाल प्रिमियर लिग, र नेपाल क्रिकेट संघबीच मंसिर ११ गते सम्पन्न प्रायोजनको लागि एमओयू भएको थियो ।

ओमोडा ई फाइभ आकर्षक डिजाइन र अत्याधुनिक फिचर रहेको विद्युतीय कार हो ।

पहिलो संस्करणको एनपीएल यही मंसिर १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा सुरू हुँदैछ ।  उपाधिका लागि देशभरका ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

क्रिकेटको यो ऐतिहासिक र भव्य लिगमा आधिकारिक ‘ड्राइभन बाइ’ सहप्रायोजकका रूपमा ओमोडा एण्ड जेइले हरेक खेलमा खेलाडी र खेलप्रशंसकसँगै नेपाली क्रिकेटको समर्थनमा उपस्थित हुने प्रतिबद्धता  जनाएको छ ।


Back_to_top