काठमाडौं । कोरियन अटोमोबाइल ब्राण्ड कियाले भारतीय बजारमा नयाँ कम्प्याक्ट एसयूभी सिरोस आगामी महिना लन्च गर्ने भएको छ । कियाले २० दिनपछि डिसेम्बर १९ मा किया सिरोस लन्च गर्ने घोषणा गरेको हो ।
कियाको चौथो भारतीय उत्पादन हुने सिरोस किया सोनेटभन्दा ठूलो र सेल्टोसभन्दा सानो साइजको हुनेछ । कियाले देखाएको टिजरका अनुसार यो एसयूभीमा भर्टिकल एलईडी प्रोजेक्टर टेलल्याम्प, स्लीम भर्टिकल एलईडी डीआरएल र भर्टिकल एल सेपको एलईडी टेलल्याम्प रहेको छ । यसकोे स्टायल कियाको ईभी९ र कियाको शोेलबाट लिइएको छ ।
बक्सी डिजाइनमा रहेको यो एसयूभी रुफलाइन फ्ल्याट रहेको छ । जसले गर्दा यसको इन्टेरियमा ठूलो क्याबिन स्पेस रहने छ ।
प्यानारोमिक सनरुफ, १०.२५ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, १०.२५ इन्चकै डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, वायरलेस एप्पल कारप्ले, एन्डरोइड अटो, भेन्टिलेटेड फ्रन्टसिट, अटोमेटिक क्लाईमेट कन्ट्रोल जस्ता क्याबिन फिचर रहेको छ । यो एसयूभीमा सुरक्षाका लागि ६ वटा एयरब्याग, ईएससी, ईपीबी, ट्रयाक्सन कन्ट्रोल, ३६० डिग्री क्यामरा र एडास फिचर समेत रहेको छ ।