लिप मोटरले म्यानमारबाट गाडी उत्पादन गर्ने

काठमाडौं । युरोपियन अटोमोबाइल ग्रुप स्टेलान्टिसको समेत लगानी रहेको चिनियाँ स्टार्टअप न्यू इनर्जी भेहिकल उत्पादक लिप मोटरले म्यानमारबाट पनि गाडी उत्पादन गर्ने भएको छ ।

लिप मोटरका गाडीहरू म्यानमारको एनपीके मोटरले उत्पादन गर्ने भएको हो । यसैसाता दुई कम्पनी बीच गाडी उत्पादन गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

म्यानमार लेफ्ट ह्याण्ड ड्राइभ देश हो । धेरै चिनियाँ कम्पनीहरूले थाइल्याण्डमा लेफ्टह्याण्ड ड्राइभ भेहिकल उत्पादन गरे पनि लिप मोटरले भने म्यान्मारलाई बेस बनाएर लेफ्ट ह्याण्ड गाडी उत्पादन गर्ने भएको हो ।

सुरूआतमा नक डाउन किड ल्याएर एसेम्बल गर्ने योजना रहेको छ । लिप मोटरले कुन मोडल उत्पादन गर्ने जानकारी भने दिएको छैन ।

लिप मोटरले अहिले चिनियाँ बजारमा टी ०३, सी ०१, सी १०, सी ११ र सी १६ जस्ता मोडलको उत्पादन गरिरहेको छ । यी मोडलहरूमा टी ०३ बाहेक अरू सबै मोडलमा ब्याट्री इलेक्ट्रीक र एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल (ईआरइभी) भेरियन्टको अप्सन उपलब्ध छ ।

लिप मोटर्सको ह्याचव्याक टी–०३

लिप मोटरले यस वर्ष १० महिना (जनवरी–अक्टोबर)मा २ लाख ११ हजार ३८ भेहिकल डेलिभरी गरेको छ । या संख्या अघिल्लो वर्षको भन्दा ९७.१८ प्रतिशतले बढी हो । लिप मोटरले यो वर्ष २ लाख ५० हजार र आगामी वर्ष ५ लाख भेहिकल बिक्री गर्ने लक्ष्य राखेको छ ।


Back_to_top