हुन्डाईले नयाँ ७ सिटे हाइब्रिड एसयूभी ल्याउने

काठमाडौं । कोरियन अटोमोबाइल कम्पनी हुन्डाई मोटर्सले भारतीय बजारका लागि नयाँ एसयूभी ल्याउने भएको छ ।

भारतीय बजारमा बिक्री भई रहेको ७ सिटे अल्काजार र टुसानको बीचको पोजिसन हुने ‘एनआइवानआइ’ कोडनेमको  नयाँ एसयूभी ल्याउने भएको हो ।

हुन्डाईले भारतीय बजारमा रहेको आफ्नो प्रसिद्धिलाई ‘क्यास’ गर्न यो एसयूभी ल्याउन लागेको हो । ७ सिट हुने एनआइवानआइ एसयूभीमा हुन्डाईको एड्भान्स हाइब्रिड टेक्नलोजीको प्रयोग हुनेछ । हाइब्रिड भएका कारण यो एसयूभीको फ्युल इकोनोमी एकदमै उत्कृष्ट हुनेछ ।

हुन्डाईले चिनियाँ बजारमा बिक्री गरिरहेको लङ ह्वीलबेसको टुसानको जस्तै ४६८० एमएम लम्बाइ हुने अपेक्षा गरिएको छ । यो एसयूभीले भारतीय बजारमा एक्सयूभी ७००, टाटा सफारी जस्ता ठूला एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

यो एसयूभीमा १.६ लिटरको पेटोल हाइब्रिड तथा प्लगइन हाइब्रिडको अप्सन रहने अनुमान गरिएको छ । कम्पनीले नयाँ सी सेग्मेन्ट एसयूभी पुनेमा रहेको तेलगाँउ प्लाण्टमा उत्पादन गर्ने योजना बनाएको छ ।


Back_to_top