होन्डाको इलेक्ट्रीक स्कुटर कहिले आउला नेपाल ?

काठमाडौं । होन्डाको बहुप्रतिक्षित इलेक्ट्रीक स्कुटर एक्टीभा–ई भारतमा सार्वजनिक भएको छ । कम्पनीले एकै पटक एक्टिभा–ई र क्यूसी–१ दुई मोडलका इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।

होन्डा इन्डियाले जनवरी २०२५ देखि यी दुई स्कुटरको बुकिङ लिन सुरू गर्ने बताएको छ । डेलिभरी भने फेब्रअरी २०२५ देखि सुरु हुनेछ ।

होन्डाले हालै सम्मन्न मिलान अटो शो २०२४ सार्वजनिक गरेको सीयूभी इ इलेक्ट्रीक स्कुटरमा आधारित एक्टिभा ई सार्वजनिक गरेको हो । कम्पनीले धेरै जसो समान फिचर दिएको एक्टिभा ई र क्यूसी १ समान डिजाइनमा बनेको स्कुटर हो ।

कम्पनीले एक्टिभा ई मा १.५ किलोवाट क्षमातका दुई रिमुभएबल ब्याट्री प्याक दिएको छ भने, क्यूसी १ मा १.५ किलोवाट क्षमताको फिक्सड् ब्याट्री छ । एक्टिभा ईलाई घरमा चार्ज गर्न सकिन्न भने क्यूसी १ मा चार्जिङ पोर्ट दिएको छ । एक्टिभा ईमा तीन राइड मोड उपलब्ध हुँदा क्यूसी १ मा २ वटा मोड मात्रै उपलब्ध छ ।

होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले २०२५ मा क्यूसी १ र एक्टीभा ई मोडल १ लाख यूनिट उत्पादन गर्ने योजना बनाएको छ । कम्पनीले सुरुवातमा शहरी क्षेत्रहरूमा यसको बिक्री सुरू गर्ने योजना बनाएको हो ।

कहिले आउला नेपाल ?

होन्डा इन्डियाले उत्पादन गरेको धेरैजसो मोडलहरू चाँडै नै नेपाली बजारमा आउने गरेका छन् । होन्डाले भारतमा सार्वजनिक गरेको एक्टिभा ई तत्काल नेपाल आउने सम्भावना भने कम छ ।

एक्टिभा ईमा चार्जिङ पोर्ट नभएको र यसका लागि स्वाप स्टेशन निर्माण गर्नु पर्ने हुन्छ । स्वाप स्टेशनका लागि ठूलो लगानी आवश्यकता पर्ने कारण एक्टिभा ई नेपाल आउँने सम्भावना कम देखिन्छ ।

सन् २०२५ को अन्त्यसम्ममा होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकाकिर बिक्रेता स्याकार ट्रेडिङले क्यूसी १ मोडल भने नेपाल भित्र्याउने सम्भावना देखिन्छ ।

पछिल्लो समय नेपाली बजारमा प्रिमियम इलेक्ट्रीक स्कुटर बिक्रेताहरूले राम्रो व्यापार गर्न थालेका छन् । यस्तोमा भारतीय बजारमा उत्पादन भएको होन्डाको इलेक्ट्रीक स्कुटर २०२५ को अन्त्यसम्ममा नेपालमा उपलब्ध हुने अनुमान र्ग सकिन्छ ।


Back_to_top