बढ्यो नामी कारको मूल्य, कति पुग्यो ?

काठमाडौं । नामी बक्सको मूल्य बढेको छ । एमएडब्लू वृद्धि मोटोकर्पले नामीको इन्टोडक्टरी प्राइसलाई रिभाइज गरेको हो ।

कम्पनीका अनुसार नामी ई-१ को मूल्य ३० लाख २४ हजार बनाइएको छ । यस भेरियन्टमा २५ हजार रुपैयाँले मूल्य बढाइएको हो । यसअघि ई-१ भेरियन्ट २९ लाख ९९ हजारमा बिक्री हुँदै आएको थियो ।

कम्पनीले ई-२ भेरियन्टको नयाँ मूल्य ३२ लाख ४९ हजार बनाएको छ । यसमा ५० हजारले मूल्य बढाइएको हो । यसअघि ३१ लाख ९९ हजारमा ई-२ भेरियन्ट किन्न पाइन्थ्यो ।

नामीको टप भेरियन्ट ई-३ को मूल्य १ लाख रुपैयाँले बढाइएको छ । कम्पनीले यसको मूल्य ३४ लाख ९९ हजारबाट बढाएर ३५ लाख ९९ हजार रुपैयाँ बनाएको हो । साथै, ड्यूल कर भेरियन्टमा अतिरिक्त ५० हजार रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।


Back_to_top